१४ असार २०८३, आईतवार
,
Latest
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर गण्डकी प्रदेश महिला टी–२० क्रिकेट सुरु, स्याङ्जाको विजयी सुरुआत अफगानिस्तानमा ६.१ म्याग्निच्युडको भूकम्प भेनेजुएला : भूकम्पको ३२ घण्टापछि नवजात शिशुको सकुशल उद्धार लेबनान, इजरायल र अमेरिकाद्वारा त्रिपक्षीय सम्झौतामा हस्ताक्षर अष्ट्रेलियाले सामाजिक सञ्जाल प्रतिबन्ध उल्लङ्घन गर्ने प्लेटफर्मलाई दोब्बर जरिवाना लगाउने भेनेजुएलाको भूकम्पमा ९२० जनाको मृत्यु, ५० हजार बेपत्ता युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित आगामी तीन दिन भारी वर्षाः कोशी र मधेसमा विशेष सतर्कता अपनाउन आग्रह प्यूठानको स्वर्गद्वारी नगरपालिकाका उपप्रमुख दुर्घटनामा मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

ओलीको आग्रह: पार्टी एकतालाई बिथोल्ने गरी अस्वस्थ प्रतिस्पर्धा नगरौं



अ+ अ-

चितवन । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकतालाई बिथोल्ने गरी अस्वस्थ प्रतिस्पर्धा नगर्न आग्रह गर्नुभएको छ । पार्टीको १० औं महाधिवेशन अन्तरगत बन्द सत्रलाई सम्वोधन गर्दै अध्यक्ष ओलीले एकजना मात्रैको अस्वस्थ व्यवहारले सिंगै पार्टीको छविमा आँच आउने बताउनुभयो ।

उहाँले भन्नुभयो, "लोकतान्त्रिक अभ्यासलाई प्रतिस्पर्धाका रुपमा मात्रै बुझ्न हुँदैन, कसै न कसैले कुनै न कुनै जिम्मेवारी सम्हाल्नैपर्छ । तर, आफ्नो महत्वाकांक्षालाई लिएर अस्वस्थ प्रतिस्पर्धा नगरौं । प्रतिस्पर्धाले संस्थालाई नोक्सानी पुर्याउने काम नगरौं । पार्टीको एकतामा प्रतिकूल असर पार्ने कामहरु नगरौं ।"

बन्द सत्रमै ओलीले भन्नुभयो, "फेरि पनि पालो आउँछ। हामीसँग सानो भए पनि देश छ । यत्रा पालिकाहरु छन् । प्रदेशसभा छन् । प्रतिनिधिसभा छ, राष्ट्रिय सभा छ। अनेक शाखा, टोलदेखि केन्द्रीय कमिटीसम्म विभिन्न ठाउँहरु छन् । अहिले नभए अर्को समय आउँछ । हतारोका साथ प्रतिस्पर्धा नगरौं । लोकतान्त्रिक अभ्यास भनेको प्रतिस्पर्धा मात्र होइन । यतिबेला सिंगो देशले हामीलाई हेरिरहेको छ ।"

महाधिवेशनमा सहभागी प्रतिनिधिलाई ओलीले भन्नुभयो, "पार्टीप्रति जनविश्वास कमजोर हुने कुनै पनि क्रियाकलाप नगरौं । अध्यक्ष ओलीले नेता कार्यकर्ताले बुझेर वा नबुझेर नीति र विचार छैन भने पनि अब त्यसो नगरौं ।"

बन्द सत्र भइरहेको सौराहामा आजै केही कार्यकर्ताले प्रतिस्पर्धाका आधारमा नभइ सहमतिमै नेतृत्व छान्नुपर्ने भन्दै नाराबाजी पनि गरेका थिए ।