६ आश्विन २०८१, आईतवार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

वेभ सर्फरका संचालकमाथि ३२ करोड ठगीको मुद्दा



अ+ अ-


काठमाडौँ । ईन्टरनेट सेवा प्रदायक कम्पनिका संचालकहरु माथि ठगि मुद्दा लागेको छ । विदेशी लगानी भित्र्याएर लगानीकर्तालाई ठगी गरेको अभियोगमा पक्राउ परेका संचालकहरु माथि ३२ करोड क्षतिपूतिको मागदाबी सहित मुद्दा चल्ने भएको हो ।

संचालक मध्येका सुरेन्द्र क्षेत्री विरुद्ध ३२ करोडको मागदाबीसहित मुद्दा चलाउने तयारी गरेको काठमाडौं प्रहरी परिसरले जनाएको छ । संचालक मध्येका क्षेत्री पक्राउ परे पनि संचालक तथा उनका दाजुहरु सुमन क्षेत्री र शैलेन्द्र क्षेत्री हालसम्म फरार रहेको प्रहरी परिसरले जनाएको छ ।

१७ वर्ष अघि वेलायतका दिनेश विमलनाथनसँग नेपालको इन्टरनेट र आइटीमा लगानी गर्ने भन्दै क्षेत्री दाजुभाइले साढे २ करोड रकम लिएका थिए तर सेयरको नक्कली प्रमाणपत्र देखाएर ठगि गरेका थिए ।

उनीहरुले विमलनाथनको मात्र होइन मलेसियन नागरिक शशिधरणको ६ करोड रकम समेत भित्र्याएको प्रहरीले जनाएको छ । ठगिएका दुबैले काठमाडौं प्रहरी परिसरमा उजुरी हालेपछि भएको छलफलमा क्षेत्री दाजुभाइले कम्पनी बेच्ने र रकम बाँडफाँड गर्ने बताएका थिए। ३ महिनाभित्र सबै काम सक्ने भनिएतापनि पछि क्षेत्री दाजुभाइ सम्पर्कमा नआएपछि फरार भएका थिए ।

हाल सुरेन्द्र क्षेत्री , सुमन क्षेत्री र शैलेन्द्र क्षेत्रीको मुद्दा उच्च अदालतमा विचाराधिन छ ।