२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

वेभ सर्फरका संचालकमाथि ३२ करोड ठगीको मुद्दा



अ+ अ-


काठमाडौँ । ईन्टरनेट सेवा प्रदायक कम्पनिका संचालकहरु माथि ठगि मुद्दा लागेको छ । विदेशी लगानी भित्र्याएर लगानीकर्तालाई ठगी गरेको अभियोगमा पक्राउ परेका संचालकहरु माथि ३२ करोड क्षतिपूतिको मागदाबी सहित मुद्दा चल्ने भएको हो ।

संचालक मध्येका सुरेन्द्र क्षेत्री विरुद्ध ३२ करोडको मागदाबीसहित मुद्दा चलाउने तयारी गरेको काठमाडौं प्रहरी परिसरले जनाएको छ । संचालक मध्येका क्षेत्री पक्राउ परे पनि संचालक तथा उनका दाजुहरु सुमन क्षेत्री र शैलेन्द्र क्षेत्री हालसम्म फरार रहेको प्रहरी परिसरले जनाएको छ ।

१७ वर्ष अघि वेलायतका दिनेश विमलनाथनसँग नेपालको इन्टरनेट र आइटीमा लगानी गर्ने भन्दै क्षेत्री दाजुभाइले साढे २ करोड रकम लिएका थिए तर सेयरको नक्कली प्रमाणपत्र देखाएर ठगि गरेका थिए ।

उनीहरुले विमलनाथनको मात्र होइन मलेसियन नागरिक शशिधरणको ६ करोड रकम समेत भित्र्याएको प्रहरीले जनाएको छ । ठगिएका दुबैले काठमाडौं प्रहरी परिसरमा उजुरी हालेपछि भएको छलफलमा क्षेत्री दाजुभाइले कम्पनी बेच्ने र रकम बाँडफाँड गर्ने बताएका थिए। ३ महिनाभित्र सबै काम सक्ने भनिएतापनि पछि क्षेत्री दाजुभाइ सम्पर्कमा नआएपछि फरार भएका थिए ।

हाल सुरेन्द्र क्षेत्री , सुमन क्षेत्री र शैलेन्द्र क्षेत्रीको मुद्दा उच्च अदालतमा विचाराधिन छ ।