२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

जनकपुरको झझल्को दिलाउन रामपुरमा रामजानकी मन्दिर



अ+ अ-

बेझाड । प्रसिद्ध धार्मिक नगरी जनकपुरको झझल्को दिनेगरी पाल्पाको रामपुर नगरपालिकामा रामजानकी मन्दिर निर्माण भइरहेको छ । पूर्वमा जनकपुर र पश्चिममा रामपुरलाई रामजानकी मन्दिरले चर्चित गराउने उद्देश्यले यहाँ उक्त मन्दिर निर्माण गर्न थालिएको हो ।

रामपुर नगरपालिका भित्रको धार्मिक क्षेत्रमा ठूलो योजनाका रुपमा निर्माण भइरहेको यो पहिलो मन्दिर मन्दिरलाई रामपुरवासीले चासो र महत्वका साथ लिएका छन् । विसं २०७६ को नामनवमीका दिन मन्दिरमा रामजानकीको मूर्ति प्रतिस्थापन गरिने रामजानकी मन्दिर विकास परिषद्का अध्यक्ष फणेश्वर गौतमले बताउनुभयो । “मन्दिर निर्माणको काम पूरा नभए पनि तेस्रो तलामा रामजानकीको मूर्ति प्रतिस्थापन गरिने योजना समितिको छ ।” उहाँले भन्नुभयो ।

चार तलाको मन्दिर, सत्तल, दुई वटा भवनसहितको सुविधासम्पन्न भवन निर्माण भइरहेको छ । रामपुर क्षेत्रलाई धार्मिक नगरीका रुपमा विकास गरी जनकपुरधामको झझल्को दिलाउन ठूलो लगानीमा मन्दिर निर्माण गर्न लागिएको अध्यक्ष गौतमले जानकारी दिनुभयो । मन्दिरको अहिलेसम्म २५ प्रतिशत काम सकिएको छ । पौराणिक समयमा भगवान् रामचन्द्र वनवास जाने क्रममा मुक्तिनाथबाट घुम्दै आउँदा रामपुरमा आएर बसोबास गरेको इतिहासमा उल्लेख छ । रामचन्द्रले बसोबास गरेकाले यस क्षेत्रको नाम रामपुर रहन गएको बूढापाका बताउँछन् । रामचन्द्रले रामपुर नगरपालिका–५ को बेझाड बजार नजीकै भात पकाई खाएको चुलो ९रामचुलो० मन्दिर परिसरमा छ । रु दश करोडको लागतमा उक्त मन्दिर निर्माण भइरहेको हो ।

ऐतिहासिक महत्वसँग जोडिएको यस रामचुलोको प्रवद्र्धन र संरक्षण गर्ने उद्देश्यले स्थानीयवासी र सरोकारवाला निकायको सहयोगमा यस क्षेत्रलाई धार्मिक तथा पर्यटकीय क्षेत्रका रुपमा विकास गरिँदैछ । रामचुलोको ऐतिहासिक तथा धार्मिक महत्वलाई जोगाइराख्न यहाँका बासिन्दाको पहलमा २०७१ साल माघमा श्रीमद्भागवत धान्याञ्चल ज्ञान महायज्ञ आयोजना गरिएको र त्यसबाट करीब रू दुई करोड ४२ हजारको नगद तथा जिन्सी सङ्कलन गरी मन्दिर निर्माण थालिएको समितिका सचिव गुरुप्रसाद रेग्मीले जानकारी दिनुभयो ।

विसं २०७२ कात्तिकबाट अनुमानित करीब रू दश करोडको लागतमा पाल्पाको ऐतिहासिक पृष्ठभूमिलाई दृष्टिगत गर्दै छत्रशैली र गुम्बा शैली आकारमा मन्दिर निर्माण भइरहेको छ । पूर्वको जनकपुरमा अवस्थित रामजानकी मन्दिर जस्तै प्रख्यात बनाउन यहाँका सरोकारवालाले मन्दिर निर्माणमा जोड दिएका हुन् । मन्दिर निर्माणका लागि अहिलेसम्म रामपुर नगरपालिकाबाट रु छ लाख, साबिक जिविसबाट रु दुई लाख र स्थानीय विकास मन्त्रालयबाट रु पाँच लाख प्राप्त भएको छ ।

हालसम्म मन्दिर निर्माणमा रु एक करोड ५० लाख खर्च भइसकेको समितिका सहसचिव मीनराज रेग्मीले बताउनुभयो । मन्दिरको कोषमा ती सबै रकम प्राप्त भै नसकेका कारण निर्माण कार्यलाई दु्रत गतिमा अगाडि बढाउन कठिन भइरहेको छ । योजना ठूलो भएको तर उपलब्ध साधन र स्रोत कम हुँदा निर्माण कार्यमा ढिलाइ भएको समितिले जनाएको छ । मन्दिरको स्वामित्वमा रहेको करीब चार रोपनी जमिनमा मन्दिर निर्माण भइरहेको छ । नयाँ शैली र आकारमा निर्मित भएकाले यस मन्दिरमा पछिल्लो समय विभिन्न क्षेत्रबाट चासोका साथ अवलोकन गर्न आउनेको चहलपहल बढेको छ ।

रासस