१९ मंसिर २०८२, शुक्रबार
,
Latest
हेटौँडाको मुख्य सडक विस्तारको सूचना कार्यान्वयन नगर्न सर्वाेच्च अदालतको अन्तरिम आदेश विदेशमा रहेका नेपालीको मताधिकार सुनिश्चित गर्न माग एक्साइड ब्याटमोबाइल सेवा ५०,००० ग्राहकसम्म पुर्‍याउँदै इतिहास रच्यो एनपीएलः जनकपुरलाई हराउँदै लुम्बिनी प्लेअफमा उपराष्ट्रपति यादवसँग सार्क महासचिवको शिष्टाचार भेट महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली आयोगद्वारा निर्वाचनमा समावेशिता र सुशासन सुनिश्चित गर्न दललाई निर्देशन कांग्रेसको कलहः होला त पुसमा महाधिवेशन ? विनाशकारी मौसमी प्रकोपपछि श्रीलङ्कामा ८५ प्रतिशत विद्युत आपूर्ति अवरुद्ध महिला भलिबल प्रतियोगिता : नेपाल पुलिस क्लब विजयी
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिमेन्ट उद्योगका लागि ढुङ्गा परीक्षण शुरु



अ+ अ-

खोटाङ । सिमेन्ट उद्योग सञ्चालनका लागि बोझेओढारमा ढुङ्गा परीक्षण शुरु गरिएको छ ।

हलेसी तुवाचुङ नगरपालिका–४ बडहरे र वडा नं ५ दुर्छिमको सिमानामा पर्ने बोझेओढारमा खानी तथा भूगर्भ विभागको प्राविधिक टोलीले परीक्षण शुरु गरेको हो । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको तीन वर्षे कार्यक्रमअनुसार विभागबाट खटिएका प्राविधिक टोलीले ढुङ्गा परीक्षण शुरु गरेको नगर प्रमुख इवन राईले बताउनुभयो ।

“यो क्षेत्रमा पर्याप्त मात्रामा चुनढुङ्गा रहेको छ”, उहाँले भन्नुभयो, “प्राविधिक टोलीले उक्त चुनढुङ्गा सिमेन्ट उद्योग सञ्चालनका लागि उपयुक्त हुने नहुने बारेमा परीक्षण गरिरहेको छ।” ड्रिलिङ मेशिनको प्रयोग गरेर करीब ७५ मिटर तलको ढुङ्गा निकालेर परीक्षण गर्ने काम भइरहेको विभागका उपसचिव नारायण बाँस्कोटाले बताउनुभयो ।

“अहिले भूगोल सर्भेक्षण, ढुङ्गा स्याम्पलिङ र छुट्टाछुट्टै चार ठाउँमा ड्रिलिङ गर्ने काम भइरहेको छ”, उहाँले भन्नुभयो, “प्रारम्भिक रिपोर्ट अनुसार सिमेन्ट उद्योग सञ्चालनका लागि बोझेओढारमा रहेको चुनढुङ्गा उपयुक्त हुने अनुमान गरेका छौं ।” मध्यपहाडी लोकमार्गमा पर्ने बोझेओढारको तीन वर्गकिलोमिटर क्षेत्रफलको ढुङ्गा परीक्षण भइरहेको प्राविधिक टोलीले बताएका छन् । सडकको राम्रो पहुँच रहेको उक्त ठाउँमा सिमेन्ट उद्योग सञ्चालन गर्नसमेत उपयुक्त हुने बताइएको छ ।
अधिकांश सार्वजनिक जग्गामा रहेको उक्त चुनढुङ्गा खानी सिमेन्टका लागि १ नम्बर प्रदेशकै सबैभन्दा उपयुक्त रहेको

उपसचिव बाँस्कोटाले बताउनुभयो । गत मङ्सिर २८ गतेदेखि विभागबाट खटिएको प्राविधिक टोलीले तीन महीनासम्म सोही ठाउँमा रहेर ढुङ्गा परीक्षण गर्ने जनाइएको छ । विभागबाट उपसचिव दिनेशकुमार नापिटको नेतृत्वमा खटिएका नौ जना प्राविधिकसहित २३ जनाको टोली बोझेओढारमै पाल टाँगेर बसेको छ ।

तीन महीनासम्मको स्थलगत अध्ययन तथा परीक्षणपछि प्राविधिक टोलीले विभागमा प्रतिवेदन बुझाउने जनाइएको छ । प्राविधिकले बुझाएको प्रतिवेदनको आधारमा सिमेन्ट उद्योग सञ्चालनको काम अगाडि बढाइने नगर प्रमुख राईले बताउनुभयो । बोझेओढार लगायत जिल्लाका अधिकांश ठाउँमा रहेको चुनढुङ्गा खानीलाई अधिकतम प्रयोग गरेर उद्योग सञ्चालन गर्न पहल गरिएको सांसद विशाल भट्टराईले बताउनुभयो ।