३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar प्रभावकारी कार्यान्वयनको प्रतीक्षामा संविधान News Polar सर्वश्व गुमाएकी विष्णुकुमारी निःशुल्क मिर्गौला प्रत्यारोपणपछि पूर्ण स्वस्थ भई डिस्चार्ज News Polar राष्ट्र बैंकको स्वायत्तता कमजोर पार्न खोजिँदैछः पूर्वअर्थमन्त्री डा. खतिवडा News Polar कर्णालीको विकासमा केन्द्रित हुन प्रदेश प्रमुख जोशीको आग्रह News Polar आधारभूत सिद्धान्तबाहेकका विषयमा राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्न सकिन्छ – अध्यक्ष दाहाल News Polar संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा News Polar मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री साह News Polar कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु News Polar संविधान दिवसका अवसरमा अमेरिकाद्वारा शुभकामना News Polar संविधान संशोधनः सबैको सहमतिमा अघि बढ्दा अङ्क समस्या हुँदैन–संयोजक शाह News Polar ट्रम्पद्वारा तीन सञ्चारमाध्यममाथि प्रतिबन्धको घोषणा, प्रेस स्वतन्त्रताबारे बहस सुरु News Polar संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध छ: प्रधानमन्त्री News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा तीनवटै तहका क्रियाशील हुनुपर्ने News Polar संविधानको रक्षा र कार्यान्वयनमा उच्चतम समझदारी आवश्यकः प्रदेश प्रमुख देवकोटा News Polar भोटेकोशी बाढीपछि सम्पर्कविहीन पत्रकार टेकराज थामीको कुशको शव बनाएर अन्त्येष्टि News Polar गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ–ओली News Polar शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’ News Polar राष्ट्रपति पौडेल संविधान दिवस विशेष समारोहमा सरिक News Polar संविधानका लक्ष्य पूरा गर्न सबै पक्ष प्रतिबद्ध हुनुपर्ने News Polar बालेनलाई विश्वप्रकाशको सुझावः जलावयु विपद्बारे दूरदर्शी राजनीतिज्ञको रूपमा सिङ्गो संसारकै प्रतिनिधित्व गर्नुस्

सिमेन्ट उद्योगका लागि ढुङ्गा परीक्षण शुरु

सिमेन्ट उद्योगका लागि ढुङ्गा परीक्षण शुरु
अ+ अ-

खोटाङ । सिमेन्ट उद्योग सञ्चालनका लागि बोझेओढारमा ढुङ्गा परीक्षण शुरु गरिएको छ ।

हलेसी तुवाचुङ नगरपालिका–४ बडहरे र वडा नं ५ दुर्छिमको सिमानामा पर्ने बोझेओढारमा खानी तथा भूगर्भ विभागको प्राविधिक टोलीले परीक्षण शुरु गरेको हो । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको तीन वर्षे कार्यक्रमअनुसार विभागबाट खटिएका प्राविधिक टोलीले ढुङ्गा परीक्षण शुरु गरेको नगर प्रमुख इवन राईले बताउनुभयो ।

“यो क्षेत्रमा पर्याप्त मात्रामा चुनढुङ्गा रहेको छ”, उहाँले भन्नुभयो, “प्राविधिक टोलीले उक्त चुनढुङ्गा सिमेन्ट उद्योग सञ्चालनका लागि उपयुक्त हुने नहुने बारेमा परीक्षण गरिरहेको छ।” ड्रिलिङ मेशिनको प्रयोग गरेर करीब ७५ मिटर तलको ढुङ्गा निकालेर परीक्षण गर्ने काम भइरहेको विभागका उपसचिव नारायण बाँस्कोटाले बताउनुभयो ।

“अहिले भूगोल सर्भेक्षण, ढुङ्गा स्याम्पलिङ र छुट्टाछुट्टै चार ठाउँमा ड्रिलिङ गर्ने काम भइरहेको छ”, उहाँले भन्नुभयो, “प्रारम्भिक रिपोर्ट अनुसार सिमेन्ट उद्योग सञ्चालनका लागि बोझेओढारमा रहेको चुनढुङ्गा उपयुक्त हुने अनुमान गरेका छौं ।” मध्यपहाडी लोकमार्गमा पर्ने बोझेओढारको तीन वर्गकिलोमिटर क्षेत्रफलको ढुङ्गा परीक्षण भइरहेको प्राविधिक टोलीले बताएका छन् । सडकको राम्रो पहुँच रहेको उक्त ठाउँमा सिमेन्ट उद्योग सञ्चालन गर्नसमेत उपयुक्त हुने बताइएको छ ।
अधिकांश सार्वजनिक जग्गामा रहेको उक्त चुनढुङ्गा खानी सिमेन्टका लागि १ नम्बर प्रदेशकै सबैभन्दा उपयुक्त रहेको

उपसचिव बाँस्कोटाले बताउनुभयो । गत मङ्सिर २८ गतेदेखि विभागबाट खटिएको प्राविधिक टोलीले तीन महीनासम्म सोही ठाउँमा रहेर ढुङ्गा परीक्षण गर्ने जनाइएको छ । विभागबाट उपसचिव दिनेशकुमार नापिटको नेतृत्वमा खटिएका नौ जना प्राविधिकसहित २३ जनाको टोली बोझेओढारमै पाल टाँगेर बसेको छ ।

तीन महीनासम्मको स्थलगत अध्ययन तथा परीक्षणपछि प्राविधिक टोलीले विभागमा प्रतिवेदन बुझाउने जनाइएको छ । प्राविधिकले बुझाएको प्रतिवेदनको आधारमा सिमेन्ट उद्योग सञ्चालनको काम अगाडि बढाइने नगर प्रमुख राईले बताउनुभयो । बोझेओढार लगायत जिल्लाका अधिकांश ठाउँमा रहेको चुनढुङ्गा खानीलाई अधिकतम प्रयोग गरेर उद्योग सञ्चालन गर्न पहल गरिएको सांसद विशाल भट्टराईले बताउनुभयो ।