१ पुष २०८२, मंगलवार
,
Latest
बाघ संरक्षणमा नेपालले प्राप्त गरेको उपलब्धि उदाहरणीय छः मन्त्री चौलागाईं सरकार र नागरिक बचाउ महाअभियानबीचको वार्ता सकारात्मक पुस दोस्रो साता राष्ट्रियसभाको बैठक बस्छः अध्यक्ष दाहाल युक्रेनमा क्षतिपूर्तिको निर्णयका लागि नयाँ समिति गठन बुधवारदेखि कार्यक्रम ‘कठघरा’ प्रसारण हुने: प्रश्न, जवाफ र उत्तरदायित्वको मञ्चको रुपमा विकास गरिने नेपालले चिकित्सकीय क्षमतालाई प्रदर्शन गरी महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छः प्रधानमन्त्री अफगानिस्तानमा जबर्जस्ती निर्वासन रोक्न आममाफीको आग्रह नेपालगन्जमा शेयर साक्षरता कार्यक्रम निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्योः आयोग वैदेशिक रोजगारबाट फर्कने महिलाहरूमा मानसिक र सामाजिक समस्या बढ्दो
तपाईं के खोज्दै हुनुहुन्छ ?

नयाँ स्वास्थ्य नीति ल्याउछु–उपप्रम यादव



अ+ अ-

वीरगञ्ज । उपप्रधान र स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले अहिले कायम रहेको स्वास्थ्य नीति त्रृटिपूर्ण भएकाले सरकारले नयाँ स्वास्थ्यनीति ल्याउन लागेको बताउनुभएको छ ।

सङ्घीय प्रेस फोरम पर्साद्वारा आज यहाँ आयोजित साक्षात्कार कार्यक्रममा उपप्रधानमन्त्री यादवले भन्नुभयो, “उतm नीति आएपछि प्रत्येक नेपाली नागरिकलाई आधारभूत स्वास्थ्यसेवा उपलब्ध हुनेछन् ।” उहाँले सरकारले प्रत्येक प्रदेशमा स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना गर्ने, जनकपुर अञ्चल अस्पताललाई प्रादेशिक अस्पतालको रुपमा विकास गर्ने, प्रादेशिक तालीम केन्द्र स्थापना गर्ने नीति लिएको बताउनुभयो ।

सङ्घीय गणतन्त्रसँग मेलखाने गरी तथा सङ्घीयतालाई अगाडि बढाउन करीब ५६ वटा कानूनको संशोधन गरी नयाँ कानून बनाउनुपर्नेमा उपप्रधानमन्त्री यादवले जोड दिनुभयो ।

नेपालको भविष्य सङ्घीय प्रणालीमा आधारित भएकाले यो लक्ष्य प्राप्ति गर्नका लागि संविधान संशोधन आवश्यक रहेको उहाँले बताउनुभयो । समृद्ध नेपाल बनाउन राष्ट्रिय एकतालाई भावनात्मक रुपमा विकास गर्नुपर्नेमा उहाँको जोड छ ।

उपप्रधानमन्त्री यादवले प्रदेश सरकारमार्फत स्थानीय तहलाई प्रादेशिक क्षेत्रको आधारमा विकास गरी अधिकार सम्पन्न बनाउनुपर्नेमा जोड दिँदै प्रदेश सरकार केन्द्रीय सरकारमाथि परनिर्भरता नभएर प्रदेशलाई आफैँ आत्मनिर्भर बनाउनु आवश्यक रहेको बताउनुभयो ।

एक फरक प्रसङ्गमा उपप्रधानमन्त्री यादवले जनकपुरप्रति विभेद् नगरी वीरगञ्जलाई विकसित शहरको रुपमा विकास गर्नुपर्नेमा जोड दिनुभयो । राजपासँगको पार्टी एकताबारे सोधिएको प्रश्नमा उहाँले राजपाको समस्या भनेको छ जना अध्यक्ष भएकाले एकरुपताको निर्णय गर्न सकिरहेका छैनन्, खुट्टा तानातानको अवस्था रहेकाले एकताको कुरा अगाडि बढ्न नसकेको बताउनुभयो ।
रासस