३ पुष २०८२, बिहीबार
,
Latest
जेन–जी सम्झौतापछि निजी क्षेत्रमाथि आक्रमण गर्नेहरु कारबाहीमा पर्दैन की भन्ने संशय देखियोः ढकाल एमाले उपमहासचिवमा लेखराज, रघुवीर र योगेश विजयी एमाले उपाध्यक्षमा पृथ्वी ,विष्णु ,रामबहादुर,गोकर्ण र रघुजी बिजयी एमाले महासचिवमा शंकर पोखरेल विजयी एमाले अध्यक्षमा केपी शर्मा ओली विजयी झुठ्ठा विवरण पेस गरी नागरिकता र राहदानी बनाउने तीन जना पक्राउ मतगणना अपडेटः उपमहासचिवमा शीर्ष तीनमा परेनन् विष्णु रिमाल १ हजार १३९ मत गन्दा ओलीको ८४३ मत, अरु कसले कति पाए (सूचीसहित) सरकारी संरचना निर्माणमा स्वदेशी वन पैदावारको प्रयोग बढाउनुपर्छः मन्त्री चौलागाईं चितवन राष्ट्रिय निकुञ्जमा बाघ गणना सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

माघी महोत्सव हुने



अ+ अ-

विराटनगर । थारु समुदायको कला, साहित्य तथा जातीय पहिचानका लागि विराटनगरमा माघी महोत्सव–२०७५ को आयोजना हुने भएको छ । थारु कल्याणकारी सभा मोरङले माघी सङ्क्रान्तिको अवसर पारेर आगामी माघ ५ गते एकदिने महोत्सवको आयोजना गर्न लागिएको आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जनाएको छ ।

महोत्सवका संयोजक गौरब तबदारले लोप हुँदै गएको थारु संस्कृतिलाई जोगाउन महोत्सवको आयोजना गरिने बताउनुभयो । विराटनगर–४ स्थित कञ्चनबारीमा आयोजना गर्ने महोत्सवमा घोंघी, बगिया, तिलको लड्डु, मुरीको लड्डु, परेबा र हाँसको मासु, माछालगायतका थारु परिकारको कक्ष रहने पत्रकार सम्मेलनमा बताइएको छ ।
महोत्सवमा थारु जातिको वेशभूषा र रहनसहन झल्किने गरी वृत्तचित्र प्रदर्शन गरिने सभाका अध्यक्ष प्रदीपभगत थारुले बताउनुभयो । महोत्सवमा थारु जातिको लोप हुन लागेको आगो ताप्ने चुलोे, वर्षी, धान राख्ने भकारी, मौडा, कोठीलगायत सामग्री प्रदर्शनीमा राखिने भएको छ ।

थारु समुदायका देशभरि बेग्लै वेशभूषा र रहनसहन हुने गर्दछ । त्यही वेशभूषा र रहनसहनमा आधारित भएर तयार पारिएको वृत्तचित्र महोत्सवमा प्रस्तुत गरिने भएको छ । थारु जातिको वेषभूषा, पहिरन, गरगहना, लवाइखवाइ, मौलिक खाना र हस्तकलाको प्रदर्शनबाट प्रदेश नं १ का थारु जातिबीच अपनत्वभाव वृद्धि गर्न तथा सांस्कृतिक महत्व र आन्तरिक पर्यटनको वृद्धिका लागि महोत्सव गर्न लागिएको बताइएको छ । प्रदर्शनीमा सुनसरी, मोरङ र झापाका १० हजारभन्दा बढी थारु समुदायका व्यक्तिले अवलोकन गर्ने आयोजकले जनाएको छ ।
रासस