३ पुष २०८२, बिहीबार
,
Latest
जेन–जी सम्झौतापछि निजी क्षेत्रमाथि आक्रमण गर्नेहरु कारबाहीमा पर्दैन की भन्ने संशय देखियोः ढकाल एमाले उपमहासचिवमा लेखराज, रघुवीर र योगेश विजयी एमाले उपाध्यक्षमा पृथ्वी ,विष्णु ,रामबहादुर,गोकर्ण र रघुजी बिजयी एमाले महासचिवमा शंकर पोखरेल विजयी एमाले अध्यक्षमा केपी शर्मा ओली विजयी झुठ्ठा विवरण पेस गरी नागरिकता र राहदानी बनाउने तीन जना पक्राउ मतगणना अपडेटः उपमहासचिवमा शीर्ष तीनमा परेनन् विष्णु रिमाल १ हजार १३९ मत गन्दा ओलीको ८४३ मत, अरु कसले कति पाए (सूचीसहित) सरकारी संरचना निर्माणमा स्वदेशी वन पैदावारको प्रयोग बढाउनुपर्छः मन्त्री चौलागाईं चितवन राष्ट्रिय निकुञ्जमा बाघ गणना सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

सदस्यसचिव पराजुलीद्वारा पदबहाली



अ+ अ-

काठमाडौँ । राष्ट्रिय सहकारी विकास बोर्डका सदस्यसचिव चक्रबहादुर पराजुलीले बोर्डको उद्देश्य परिपूर्तिका लागि यस क्षेत्रमा देखिएका व्यावहारिक कठिनाइ चिर्ने बताउनुभएको छ ।

उहाँले आज पदबहालीपछि आयोजित स्वागत कार्यक्रममा बोर्डको दायरा फराकिलो बनाउन, स्तरोन्नति र आर्थिकस्तर वृद्धि गर्न पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । साथै उहाँले बोर्डलाई राज्यको पुनः संरचनाअनुसार लैजान पहल गर्ने बताउनुभयो ।

तत्कालीन नेकपा (एमाले) को केन्द्रीय अनुशासन आयोगका सदस्यसमेत रहनुभएका पराजुलीलाई मन्त्रिपरिषद्को यही पुस ६ गतेको बैठकले चार वर्षका लागि सदस्यसचिवमा नियुक्त गर्ने निर्णय गरेको थियो । सदस्यसचिव पराजुलीसँग यसअघि शिक्षण र समाजसेवाका रूपमा पनि लामो समय काम गरेको अनुभव छ । रासस