२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौँमा चिसो वृद्धिः अझै बढ्न सक्ने



अ+ अ-

काठमाडौँ ।  उपत्यकाको न्यूनतम तापक्रम १ डिग्रीमा झरेको छ । न्यूनतम तापक्रम घटेसँगै आज यस वर्षकै बढी चिसो महसुस गरिएको छ । उपत्यकासहित देशभर चिसो बढेको छ ।

महाशाखाको पछिल्लो विवरणानुसार आज काठमाडौँको न्यूनतम तापक्रम १.० र अधिकतम १६.८ डिग्री सेल्सियस रहेको छ । शनिबार काठमाडौँको न्यूनतम तापक्रम १.५ डिग्री सेल्सियस थियो । गत वर्ष डिसेम्बर ३० मा काठमाडौँको न्यूनतम तापक्रम १।८ डिग्री सेल्सियस थियो । त्यसैले गत वर्षको तुलनामा यस वर्ष अलि बढी चिसो भएको मौसमविद् राजु प्रधानाङ्गले बताउनुभयो ।

प्रधानाङ्गका अनुसार अब केही दिन न्यूनतम तापक्रम ० देखि २ को हाराहारीमा रहनेछ । “सिजनल इफेक्टले न्यूनतम तापक्रम घटबढ भइरहेको हो । तापक्रम घटेपछि उपत्यकामा बढी चिसो महसुस गरिएको छ ”, उहाँले भन्नुभयो ।

राति आकाश सफा भएकाले बिहान बेलुकी बढी चिसो महसुुस गरिएको हो । आज राति देशको पहाडी भूभागमा आंशिक बदली रही अन्य स्थानमा मौसम सामान्यतया सफा रहने छ । सोमबार देशैभरि मौसम सफा रहने विभागले जनाएको छ ।

महाशाखाकाको पछिल्लो विवरणानुसार डडेलधुरा, मोरङ र ताप्लेजुङको न्यूनतम तापक्रम २ डिग्री सेल्सियस मापन गरिएको छ । त्यस्तै दाङ र पोखराको न्यूनतम तापक्रम ४ डिग्री सेल्सियस रहेको छ । सबैभन्दा बढी वीरेन्द्रनगरको न्यूनतम तापक्रम ५ दशमलव ४ डिग्री र अधिकतम तापक्रम २४ दशमलव ५ डिग्री सेल्सियस रहेको छ । जुम्लाको न्यूनतम तापक्रम आज माइनस ७ डिग्रीमा झरेको छ । तापक्रम घटेसँगै जनजीवन कष्टकर बन्दै गएको छ । रासस