३ पुष २०८२, बिहीबार
,
Latest
जेन–जी युवा पुस्ताको आन्दोलनले मुलुकलाई नयाँ दिशा दियोः उपराष्ट्रपति यादव एमाले पदाधिकारीको ताजा अपडेटः कसले कति मत पाए ? (सूचीसहित) एमाले महाधिवेशन: अध्यक्षमा ओलीको दोब्बरभन्दा बढीको अग्रता जेन–जी आन्दोलनपछिको तीन महिनामा सरकारले पुनरुत्थान र पुनःनिर्माणको बाटोमा आशा जगायोः मन्त्री खनाल शेखर कोइराला संसद पुनर्स्थापनाको पक्षमा खुले, गगन थापा किन मौन ? मन्त्री महावीरको अनुभब: कछुवा गतिको प्रशासन संयन्त्रबाट काम हुन निकै कठिन धान्द्रुके बाजेलाई त्रियासी वर्षमा नागरिकता एमाले महाधिवेशनमा ३६ जनाले मतदान गरेनन् एमालेको मतदान सकियो ,मतपरिणाम आजै सार्वजनिक हुने अवकाशपछिको जाँगरः मौरीपालनबाट मनग्य आम्दानी गर्दै घनश्याम
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘व्यवस्थापकीय कमजोरीका कारण काङ्ग्रेस कमजोर’



अ+ अ-

रुपन्देही । नेपाली काङ्ग्रेसका नेता बालकृष्ण खाँणले सरकारका कामप्रति जनता निराश भएको विचार व्यक्त गर्नुभएको छ ।
नेपाल प्रेस युनियन रुपन्देहीले आज बुटवलमा आयोजना गरेको पत्रकार भेटघाटमा प्रतिनिधिसभा सदस्य खाँणले संविधान र लोकतन्त्रप्रति कम्युनिष्ट नेतामा द्वैध मानसिकता रहेको आरोप लगाउनुभयो । निर्मला पन्तका हत्यारालाई तत्काल पत्ता लगाई सार्वजनिक गर्न नेता खाँणले माग गर्नुभयो ।

नेता खाँणले व्यवस्थापकीय कमजोरीका कारण काङ्ग्रेस कमजोर भएको स्वीकार गर्दै उहाँले महासमिति बैठकपछि पार्टी एकता र मेलमिलापको बाटो तय भएको बताउनुभयो । काङ्ग्रेसभित्र व्यवस्थापन फितलो हुँदा मतभेद सिर्जना भएकाले व्यवस्थापकीय क्षमता बलियो बनाएर अगाडि बढ्न जरुरी रहेको औंँल्याउनुभयो ।
रासस