३ पुष २०८२, बिहीबार
,
Latest
जेन–जी युवा पुस्ताको आन्दोलनले मुलुकलाई नयाँ दिशा दियोः उपराष्ट्रपति यादव एमाले पदाधिकारीको ताजा अपडेटः कसले कति मत पाए ? (सूचीसहित) एमाले महाधिवेशन: अध्यक्षमा ओलीको दोब्बरभन्दा बढीको अग्रता जेन–जी आन्दोलनपछिको तीन महिनामा सरकारले पुनरुत्थान र पुनःनिर्माणको बाटोमा आशा जगायोः मन्त्री खनाल शेखर कोइराला संसद पुनर्स्थापनाको पक्षमा खुले, गगन थापा किन मौन ? मन्त्री महावीरको अनुभब: कछुवा गतिको प्रशासन संयन्त्रबाट काम हुन निकै कठिन धान्द्रुके बाजेलाई त्रियासी वर्षमा नागरिकता एमाले महाधिवेशनमा ३६ जनाले मतदान गरेनन् एमालेको मतदान सकियो ,मतपरिणाम आजै सार्वजनिक हुने अवकाशपछिको जाँगरः मौरीपालनबाट मनग्य आम्दानी गर्दै घनश्याम
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुन हो भन्दै नक्कली सुन बेच्ने प्रकाउ, चार लाख ठगिको आरोप



अ+ अ-

काठमाडौं। नक्कली सुनलाई सक्कली भन्दै ठगी गर्ने एक जनालाई प्रकाउ गरिएको छ । ललितपुर उपमहानगरपालिका वडा नं १३ बस्ने २६ वर्षका राजु परियारलाई प्रहरीले पक्राउ गरेको हो ।

काठमाडौँको जडिबुटीस्थित पेप्सीकोला एरियामाबिभिन्न व्यक्तिहरुलाई नक्कली सुन देखाई सक्कली हो भन्दै झुक्याएर ठगी गरेको सूचनाको आधारमा परियारलाइ प्रकाउ गरेको महानगरीय प्रहरी परिसर टेकुले जनाएको छ ।

अपराधिक क्रियाकलापमा संलग्न राजु परियारको खोजतलासका क्रममा बा ८२ प ५६८८ नंम्बर को चोरीको मोटरसाइकल समेत फेला पारेको परिसर जनाएको हो । प्रहरीले परियारलाई शरीर र कोठमा खानतलासी गर्दा सुनजस्तो देखिने नक्कली सुनका गहनाहरु समेत फेला पारेकोले पक्राउ गरेको प्रहरीले जनाएको छ ।

नक्कली गहना दिएर रवि तामाङको २ लाख रुपैयाँ र रमेश मगरको १ लाख ९० हजार ठगी गरेको जाहेरी दरखास्त समेत परेको हुँदा ठगी मुद्धामा काठमाडौं जिल्ला अदालतबाट म्याद थप लिइ अन्य अनुसन्धान समेत भइरहेको प्रहरीले जनाएको छ ।