१३ भाद्र २०८३, शनिबार
,
Latest
बाढी प्रभावित क्षेत्रमा खोजी र शव व्यवस्थापन चुनौतीपूर्णः ‘रेफ्रिजरेटर कन्टेनर’ र विशेष उपकरण अभावः नेपाल… बाढी–पहिरोपछि शव व्यवस्थापन र महामारी नियन्त्रणमा सरकार केन्द्रित, नयाँ निर्देशिका स्वीकृत रसुवा घटना ‘विनाशको लीला’ हो, दुःखद् छः माधव नेपाल कम्युनिस्ट पार्टीले सत्ताभन्दा जनजीविका र वैचारिक संघर्षलाई प्राथमिकता दिनुपर्छः नेता यादव परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङ बीच टेलिफोन वार्ता भोटेकोशी बाढीपीडितको उद्धार तथा राहतमा जुट्न एएनओको अपिल बैधानिक कार्यसमितिले गराउने अधिवेशन तथा महाधिवेशनको तयारीमा जुट्न शशांकको अपील नौ जलविद्युत् आयोजनाबाट ५३७ जना सम्पर्कविहीन गोरखामा भेटिएका २९ शवको अन्त्येष्टि गरियो रसुवा बाढीः मृतक ६ सय ६९ जनामध्ये १ सय ४८ महिला, २ सय ६८ पुरुष,…
तपाईं के खोज्दै हुनुहुन्छ ?

मलेसियाबाट फर्किएकाको राष्ट्रिय भेला हुँदै



अ+ अ-

काठमाडौँ । ‘मलेसिया रिटर्नी समाज नेपाल’ ले मलेसियाबाट फर्किएका नेपाली कामदारको पहिलो राष्ट्रिय भेला यही पुस १७ गते गर्ने भएको छ ।

नेपाल फर्किएका युवालाई स्वदेशभित्रै सरकारले प्रदान गर्ने सेवामार्फत स्वरोजगारमा जोड्न भेलाको आयोजना गरिएको पत्रकार सम्मलेनमार्फत शनिबार समाजका रामचन्द्र नेपालले जानकारी दिए ।

“मलेसियामा कति नेपाली कामदार गए र अहिले नेपाल फर्किएपछि उनीहरु के गरिरहेका छन् भन्नेबारे कसैलाई पनि थाहा छैन”, नेपालले भन्ने । तत्काल सरकारले वैदेशिक रोजगारीबाट फर्किएका युवाका लागि प्रदान गर्ने सामाजिक सुरक्षा योजनामा जोड्नु भेलाको प्रमुख उद्देश्य रहेको उनले जानकारी दिए ।

भेलाले विदेशमा सिकेका सीपलाई नेपालमा सदुपयोग गर्ने र गराउने, नेपालमा फर्किएर विभिन्न व्यवसायमा लागिसकेकाको अनुभव आदानप्रदान गर्ने, मलेसियामा रहेकाका परिवारलाई वित्तीय साक्षरता अभिवृद्धि र कमाएको धनको सही सदुपयोग गरी राष्ट्रनिर्माणमा सहयोग गर्ने, मलेसियाबाट फर्किएका युवाका लागि सामूहिक लगानीका सम्भावनाको खोजी गर्ने उद्देश्य राखेको छ ।

त्यस्तै वैदेशिक रोजगारीलाई व्यवस्थित, सुरक्षित र मर्यादित बनाउन विभिन्न सङ्घ सङस्था, प्रदेश र स्थानीय सरकारलाई नीति तथा कार्यक्रमगत सुझाव उपलब्ध गराउने उद्देश्य भेलाले राखेको छ ।




भर्खरै