६ आश्विन २०८१, आईतवार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल प्रहरीले नसके ‘अन्तर्राष्ट्रिय अनुसन्धानकर्ता’बाट भएपनि निर्मलाका हत्यारा खोज्छु :प्रधानमन्त्री



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘अन्तरराष्ट्रिय अनुसन्धानकर्ता’लाई बोलाएर भए पनि निर्मला पन्तका हत्यारा पत्ता लगाने उल्लेख गरेका छन् । उनले ढिलो चाढो जे भएपनि पन्तका हत्यारा आफ्नै कार्यकालमा समातिने जनाएका हुन् । प्रधानमन्त्री ओलीले यस्तो वचन नेकपाको स्थायी कमिटी बैठकसमक्ष प्रकट गरेका हुन् ।

हालसम्म नेपाल प्रहरी नै उक्त घटनाको छानबिन गर्न सक्षम भएकाले अहिलेसम्म आफु चुप बसेको प्रधानमन्त्री ओलीले बताएको नेकपाका सदस्यहरुले जानकारी दिएका छन् । अब नेपाल प्रहरीले दोषि पत्ता नलगाए अन्तरराष्ट्रिय अनुसन्धानकर्ता बाटै भएपनि पत्ता लगाएर छाड्ने प्रधानमन्त्रीको वचन रहेको सदस्यहरुको भनाई थियो।

गत साउन १० गते बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी वालिका निर्मला पन्तका हत्याराहरु पत्ता लगाउन सकेको छैन् । नेपाल प्रहरी सहित दजनौको संख्यामा छानबिन टोलि गठन भएपनि हालसम्म सबै छानबिनमा असक्षम ठहरिएको छ । दोषिलाई संरक्षण गरेको छ र प्रहरी प्रशासनमाथि धेरै दवाब दिएको भन्दै चर्को आलोचना सरकारले खेप्दै आएको छ ।

नेकपाको बैठकमा निर्मला पन्तको घटनालाई लिएर गृह प्रशासनको क्षमतामाथि प्रश्न उठेपछि प्रधानमन्त्री ओलीले यसलाई गम्भीरतापूर्व लिएको नेकपाका सदस्यहरुले जनाएका छन् ।