• १६ असार २०८१, आईतवार
  •      Sun Jun 30 2024
  •   Unicode
Logo
Latest
★   पोल पोलमा ‘सवि’: बालेनको कटाक्ष- माया यस्तो होस्, भित्ता भित्तामा तिम्रो नाम होस् ! ★   बढ्यो पेट्रोलियम पदार्थको मूल्य ★   ओलीले दिए नेपाल आइडल विजेता करण परियारलाई सारंगी उपहार – फोटोफिचर ★   यथास्थितिमा देश अगाडि जान सक्दैन: ओली ★   विदेशबाट फर्किएका नेपाली नागरिक फेरि विदेश फर्कनु नपर्ने गरी काम गरिरहेका छौँ: श्रममन्त्री अर्याल ★   समस्याग्रस्त सहकारीका कागजात माग्ने छानविन विशेष समितिको निर्णय ★   ट्रफीसँगै सुते सूर्यकुमार ★   जडेजाले लिए सन्यास ★   ग्लोबल आइएमई बैंकका २३३ शाखाद्वारा वित्तीय साक्षरता कार्यक्रम आयोजना, ३५ हजार बढीको सहभागिता ★   संविधानलाई अझै समृद्ध बनाउन जरुरीः अध्यक्ष राई

प्रधानन्यायाधीशको सुनुवाई प्रभावित, अब जबराको बाँकी जवाफ पर्सि



काठमाडौं । कर्मचारीहरुको आन्दोलनका कारण संसदीय सुनुवाई प्रभावित भएको छ । विशेष समितिमा प्रस्तावित प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराको सुनुवाई चलिरहदा कर्मचारीहरुको आन्दोलन चलेपछि सुनुवाईमा बाधा पुगेको हो ।

सुनुवाई समितिले प्रस्तावित प्रधानन्यायाधीशलाई आइतबार दिउँसो २ बजे बोलाइएको थियो ।

बैठकको सुरुमै जबराले १५ बुँदे कार्ययोजना प्रस्तुत गरेपछि सांसदहरुले प्रश्नहरु राख्ने क्रम थियो । ४ बजे सुनुवाइ सकिने भएपनि सांसदहरुले सुनुवाई प्रक्रिया जारी राख्ने सहमति जुटाएका थिए । सुनुवाई समितिका सभापति कर्णका अनुसार कर्मचारीहरुको आन्दोलनका कारण यो सम्भव नभएको हो ।

भोलि मेलमिलाप दिवसको कार्यक्रममा भएकाले अब बाँकी छलफल पर्सि ११ बजेलाई बैठक राखिएको छ । जबराले पर्सि पनि जवाफ दिने समितिले जनाएको छ ।