१ पुष २०८२, मंगलवार
,
Latest
बाघ संरक्षणमा नेपालले प्राप्त गरेको उपलब्धि उदाहरणीय छः मन्त्री चौलागाईं सरकार र नागरिक बचाउ महाअभियानबीचको वार्ता सकारात्मक पुस दोस्रो साता राष्ट्रियसभाको बैठक बस्छः अध्यक्ष दाहाल युक्रेनमा क्षतिपूर्तिको निर्णयका लागि नयाँ समिति गठन बुधवारदेखि कार्यक्रम ‘कठघरा’ प्रसारण हुने: प्रश्न, जवाफ र उत्तरदायित्वको मञ्चको रुपमा विकास गरिने नेपालले चिकित्सकीय क्षमतालाई प्रदर्शन गरी महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छः प्रधानमन्त्री अफगानिस्तानमा जबर्जस्ती निर्वासन रोक्न आममाफीको आग्रह नेपालगन्जमा शेयर साक्षरता कार्यक्रम निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्योः आयोग वैदेशिक रोजगारबाट फर्कने महिलाहरूमा मानसिक र सामाजिक समस्या बढ्दो
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोलम्बियाका राष्ट्रपतिको हत्या गर्ने प्रयास भएको दावी



अ+ अ-

बोगोटा । कोलम्बियाका राष्ट्रपति इभान डुक्युको हत्या गर्ने प्रयास भएको दाबी गरिएको छ ।

कोलम्बियाका विदेशमन्त्रीले भेनेजुयलाका तीन नागरिकले राष्ट्रपतिको हत्या गर्न लागेको दाबी गर्नुभएको हो ।

उहाँले हत्या गर्न लागेको अभियोगमा तीन जना भेनेजुयलाका नागरिकलाई पक्राउ गरिएको पनि जानकारी दिनुभएको छ ।

“विगत केही महिनादेखि उहाँको हत्या गर्ने प्रयास भइरहेको गुप्तचरले पुष्टी गरेका छन्,” विदेश मन्त्री कार्लोस होल्मसले भन्नुभयो ।

पक्राउ परेकाबाट घटनाका बारेमा अनुसन्धानकार्य जारी रहेकाले थप विवरणहरु पछि सार्वजनिक गरिने उहाँको भनाइ छ ।

राष्ट्रपति इभानलाई भित्री तथा बाहिरी पत्रबाट सुरक्षा चुनौती रहेको पनि उहाँले बताउनु भयो । बोगोटा र काराकासबीचको तनाब बढ्दै गइरहेका बेला कोलम्बियाको तर्फबाट यस्तो अभिव्यक्ति आएको हो ।