३ पुष २०८२, बिहीबार
,
Latest
जेन–जी युवा पुस्ताको आन्दोलनले मुलुकलाई नयाँ दिशा दियोः उपराष्ट्रपति यादव एमाले पदाधिकारीको ताजा अपडेटः कसले कति मत पाए ? (सूचीसहित) एमाले महाधिवेशन: अध्यक्षमा ओलीको दोब्बरभन्दा बढीको अग्रता जेन–जी आन्दोलनपछिको तीन महिनामा सरकारले पुनरुत्थान र पुनःनिर्माणको बाटोमा आशा जगायोः मन्त्री खनाल शेखर कोइराला संसद पुनर्स्थापनाको पक्षमा खुले, गगन थापा किन मौन ? मन्त्री महावीरको अनुभब: कछुवा गतिको प्रशासन संयन्त्रबाट काम हुन निकै कठिन धान्द्रुके बाजेलाई त्रियासी वर्षमा नागरिकता एमाले महाधिवेशनमा ३६ जनाले मतदान गरेनन् एमालेको मतदान सकियो ,मतपरिणाम आजै सार्वजनिक हुने अवकाशपछिको जाँगरः मौरीपालनबाट मनग्य आम्दानी गर्दै घनश्याम
तपाईं के खोज्दै हुनुहुन्छ ?

कर्मचारीसंग झुक्यो ओली सरकार, माग सम्बोधन हुने



अ+ अ-

काठमाडौं। समायोजनसम्बन्धी निजामती कर्मचारीले उठाएका माग सम्बोधन गर्न सरकार लचक भएको छ । आइतबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनबीच छलफल भएको थियो । मन्त्रालयका सचिव दिनेश थपलियाले कर्मचारीले उठाएको माग सम्बोधन गर्ने जानकारी दिएको खबर नयाँ पत्रिकामा छापेको छ।

आधिकारिक ट्रेड युनियनका अध्यक्ष पुण्य ढकालले समायोजनसँग सम्बन्धित जटिलता र अन्योल हटाउनेबारे आइतबार छलफल भएको बताए । कर्मचारीहरूले अध्यादेशमा देखिएका अन्योल र जटिलता प्रतिस्थापन विधेयकमार्फत सुधार गर्न माग गरेका थिए । यस्तै, वृत्तिविकासलगायतका सुविधा संघीय निजामती सेवा ऐनमा समावेश गर्नुपर्ने बताएका थिए ।

सचिव थपलियाले मागका सन्दर्भमा विभागीय मन्त्री र आवश्यकतानुसार प्रधानमन्त्रीसँग समेत छलफल गरेर पुनः वार्तामा बस्ने जानकारी दिए ।