३ पुष २०८२, बिहीबार
,
Latest
एमालेको मतदान सकियो ,मतपरिणाम आजै सार्वजनिक हुने अवकाशपछिको जाँगरः मौरीपालनबाट मनग्य आम्दानी गर्दै घनश्याम यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर निर्वाचन कार्यक्रमका लागि नागरिक शिक्षा प्रवर्द्धन स्रोत पुस्तिका सार्वजनिक जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी तत्कालीन सचिव र सहसचिव कार्कीविरुद्ध मुद्दा दर्ता फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे ‘अनुसन्धान शोधवृत्ति’का लागि शोधकर्ता आव्हान राष्ट्रियसभा निर्वाचन : मतदानस्थल तथा केन्द्र निर्धारण प्रलोपाद्वारा लोकतान्त्रिक शक्तिहरूबीच बृहत् ध्रुवीकरणका लागि आह्वान
तपाईं के खोज्दै हुनुहुन्छ ?

आईजीपीलाई दुई वटा मात्र सवारी साधन : प्रवक्ता श्रेष्ठ



अ+ अ-

काठमाडौँ । सशस्त्र प्रहरी बलका प्रवक्ता सुरज कुमार श्रेष्ठले सशस्त्र प्रहरी महानिरीक्षक (आईजीपी)का लागि २ वटा मात्रै सवारी साधन प्रयोगमा रहेको बताउनुभएको छ ।

विभिन्न संचार माध्यममा सशस्त्र प्रहरी महानिरीक्षकले ८ वटा सवारी साधन प्रयोग गरेको भनी प्रकाशित गरेपछि उनको यो स्पष्टिकरण दिएका हुन् । नेपाल समचारपत्र दैनिकमा समाचार छापेको छ ।

श्रेष्ठले सशस्त्र प्रहरी बल नेपालसँग रहेका सवारी साधनहरु विभिन्न सुरक्षा प्रयोजनमा सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय एवं सशस्त्र प्रहरी बल नेपालका विभिन्न कार्यालयहरु तथा सशस्त्र प्रहरी कर्मचारीहरुले प्रयोग गर्ने गरेको बताए ।

त्यस्तैे समाचारमा प्रकाशित सवारी साधनहरु मध्ये एउटा सवारी साधन सुरक्षा प्रयोजनको लागि र अन्य ५ वटा सवारी साधनहरु सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय सवारी शाखा मातहतका रहेको भन्दै श्रेष्ठले विज्ञप्ति जारी गरेका छन् ।

साथै उनले ती सवारी साधनहरु आवश्यकता अनुसार सरकारी कामका लागि प्रयोग हुने गरेको उनले बताए ।