१३ भाद्र २०८३, शनिबार
,
Latest
राज्यका सबै किमिसका संयन्त्रबाट प्रभावित प्रत्येक नागरिकको जीवनरक्षा नै सरकारको पहिलो प्राथमिकता चार दिनपछि रसुवाको टिमुरेमा सात वर्षीया बालिकाको जीवितै उद्धार चार दिनपछि रसुवाको टिमुरेमा सात वर्षीया बालिकाको जीवितै उद्धार बाढी प्रभावित क्षेत्रमा खोजी र शव व्यवस्थापन चुनौतीपूर्णः ‘रेफ्रिजरेटर कन्टेनर’ र विशेष उपकरण अभावः नेपाल… बाढी–पहिरोपछि शव व्यवस्थापन र महामारी नियन्त्रणमा सरकार केन्द्रित, नयाँ निर्देशिका स्वीकृत रसुवा घटना ‘विनाशको लीला’ हो, दुःखद् छः माधव नेपाल कम्युनिस्ट पार्टीले सत्ताभन्दा जनजीविका र वैचारिक संघर्षलाई प्राथमिकता दिनुपर्छः नेता यादव परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङ बीच टेलिफोन वार्ता भोटेकोशी बाढीपीडितको उद्धार तथा राहतमा जुट्न एएनओको अपिल बैधानिक कार्यसमितिले गराउने अधिवेशन तथा महाधिवेशनको तयारीमा जुट्न शशांकको अपील
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानन्यायाधीश जबराको सुनुवाइ मंगलबार



अ+ अ-

काठमाडौं । सर्वोच्च अदालतका प्रस्तावित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको सुनुवाइ मंगलबारसम्मका लागि सरेको छ ।
संसदीय सुनुवाई समितिका सभापति लक्ष्मणलाल कर्णले सोमबार पुनः सुनुवाइ राख्ने प्रस्ताव गरे पनि प्रमुख प्रतिपक्षी दल नेपाली काग्रेंसले नमानेपछि सुनुवाइ मंगलबार सरेको हो ।

सोमबार नेपाली कांग्रेसको मेलमिलाप दिवस परेकाले उपस्थित हुन नसक्ने बताएपछि मंगलबारका लागि मिति तय भएको हो । सुनुवाइमा सांसदहरूले प्रस्तावित प्रधानन्यायाधीश राणालाई उजुरी र उहाँले राखेको अवधारणामा प्रश्न मात्र राख्नुभएको थियो ।

‘अदालतको जनआस्था बढाउँदै छरितो रुपमा न्याय सम्पादन गराउँछु ’

सुनुवाइको सुरुमा राणाले आफ्नो अवधारणा प्रस्तुत गर्नुभएको थियो । प्रस्तावित प्रधानन्यायाधीश जवराले अदालतमा हुने भ्रष्टाचार, विचौलिया ,न्यायाधीशहरूकोउजुरी छानबिन, सम्पत्ति विवरण नबुझाउने न्यायाधीशलाई कारबाही र अनुगमन गर्ने संयन्त्र निर्माण गर्ने आफ्नो योजना रहेको बताउनुभयो ।

उहाँले अदालतको जनआस्था बढाउँदै छिटो र छरितो रुपमा न्याय सम्पादन गर्ने बताउनुभयो ।

जबराको योजनामाथि प्रश्न उठाउँदै सांसदहरूले कार्यान्वयनको खाका माग गरेका थिए । भोलि मंगलबार हुने सुनुवाइमा राणाले संसदहरूले उठाएका प्रश्नको जवाफ दिनुहुने भएको छ । समाचार नेपाल समाचारपत्रमा छ ।

 




भर्खरै