३ पुष २०८२, बिहीबार
,
Latest
मन्त्री महावीरको अनुभब: कछुवा गतिको प्रशासन संयन्त्रबाट काम हुन निकै कठिन धान्द्रुके बाजेलाई त्रियासी वर्षमा नागरिकता एमाले महाधिवेशनमा ३६ जनाले मतदान गरेनन् एमालेको मतदान सकियो ,मतपरिणाम आजै सार्वजनिक हुने अवकाशपछिको जाँगरः मौरीपालनबाट मनग्य आम्दानी गर्दै घनश्याम यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर निर्वाचन कार्यक्रमका लागि नागरिक शिक्षा प्रवर्द्धन स्रोत पुस्तिका सार्वजनिक जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी तत्कालीन सचिव र सहसचिव कार्कीविरुद्ध मुद्दा दर्ता फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल कम्युनिस्ट पार्टीमा भद्रगोल, यस्ता थरीथरीका नेताहरु



अ+ अ-

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक सकिए पनि त्यसभित्र तीन गुटको निरन्तरता रहेको तथ्य सार्वजनिक भएको छ। यो समाचार आजको नागरिक दैनिकमा छ ।

बैठकमा अध्यक्ष केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपालको धारसँग मिल्दोजुल्दो गरी यसका ४५ सदस्य आपसमा विभाजित भएका देखिएका छन्।

नेकपामा देखिएको यो गुट राजनीति आगामी महाधिवेशन उन्मुख हुन थालेको छ। महाधिवेशन नभई गुट गतिविधि कम नहुने बरु यो पार्टीका सबै निकायमा निरन्तर हुने संकेतसमेत प्राप्त भएका छन्। स्थायी समिति बैठकमा ओली गुटका नेताहरू सरकार र पार्टी अध्यक्ष शर्माको बचाउमा लागेका थिए। दाहाल गुटका नेताहरू दुवै मुद्दामा मौन बसे। नेपाल गुटका नेताहरुले भने सरकार सञ्चालन र पार्टी पद्धतिको विषयमा आलोचक भएका थिए।