१४ असार २०८३, आईतवार
,
Latest
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर गण्डकी प्रदेश महिला टी–२० क्रिकेट सुरु, स्याङ्जाको विजयी सुरुआत अफगानिस्तानमा ६.१ म्याग्निच्युडको भूकम्प भेनेजुएला : भूकम्पको ३२ घण्टापछि नवजात शिशुको सकुशल उद्धार लेबनान, इजरायल र अमेरिकाद्वारा त्रिपक्षीय सम्झौतामा हस्ताक्षर अष्ट्रेलियाले सामाजिक सञ्जाल प्रतिबन्ध उल्लङ्घन गर्ने प्लेटफर्मलाई दोब्बर जरिवाना लगाउने भेनेजुएलाको भूकम्पमा ९२० जनाको मृत्यु, ५० हजार बेपत्ता युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित आगामी तीन दिन भारी वर्षाः कोशी र मधेसमा विशेष सतर्कता अपनाउन आग्रह प्यूठानको स्वर्गद्वारी नगरपालिकाका उपप्रमुख दुर्घटनामा मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

ला लिगाः बार्सिलोना विजयी



अ+ अ-

एजेन्सी । स्पेनिस फुटबल लिग ला लिगा अन्तर्गत बार्सिलोनाले जित निकालेको छ । शनिबार राति भएको खेलमा बार्सिलोनाले भिल्लारियललाई उसकै मैदानमा ३-१ गोलले हराएको हो । 

बार्सिलोनालाई जित दिलाउन खेलको ४८ औं मिनेटमा डी योंग, ८८ औं मिनेटमा मेम्फिस डिपाए र ९० + ४ मिनेटमा पेनाल्टीमार्फत कोउटिन्होले गोल गरे । 

यता ७६ औं मिनेटमा सामुएल चुकुएजीले गरेको गोल भिललरियलका लागि सान्त्वना गोल रह्यो । 

सातौं स्थानमा रहेको बार्सिलोनाले १४ खेलबाट २३ अंक जोडेको छ । समान खेलबाट भिल्लारियल १६ अंकसहित १२ औं स्थानमा छ ।