१ पुष २०८२, मंगलवार
,
Latest
बाघ संरक्षणमा नेपालले प्राप्त गरेको उपलब्धि उदाहरणीय छः मन्त्री चौलागाईं सरकार र नागरिक बचाउ महाअभियानबीचको वार्ता सकारात्मक पुस दोस्रो साता राष्ट्रियसभाको बैठक बस्छः अध्यक्ष दाहाल युक्रेनमा क्षतिपूर्तिको निर्णयका लागि नयाँ समिति गठन बुधवारदेखि कार्यक्रम ‘कठघरा’ प्रसारण हुने: प्रश्न, जवाफ र उत्तरदायित्वको मञ्चको रुपमा विकास गरिने नेपालले चिकित्सकीय क्षमतालाई प्रदर्शन गरी महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छः प्रधानमन्त्री अफगानिस्तानमा जबर्जस्ती निर्वासन रोक्न आममाफीको आग्रह नेपालगन्जमा शेयर साक्षरता कार्यक्रम निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्योः आयोग वैदेशिक रोजगारबाट फर्कने महिलाहरूमा मानसिक र सामाजिक समस्या बढ्दो
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रहरीले दूधको भाँडामा हात डुबाएपछि…..



अ+ अ-

बिर्तामोड । लागूपदार्थ खैरो हेरोइन कारोबार भइरहेको सूचनाका आधारमा सादा पोसाकका प्रहरी अर्जुनधारा १० को चुथाई पुगेका थिए । टोलीले शंकास्पद घरमा खानतलासी गर्‍यो । तर, कतै पनि भनिएको वस्तु फेला परेन । प्रहरी टोली निराश भएर फर्कन खोज्दै थियो । तर, टोलीमा खटिएका लागूऔषध ब्युरोका नायब निरीक्षक अनुप निरौला घरको भान्सामा छिरे । चुलोमाथि एउटा भाँडामा दूध राखिएको रहेछ । दूधको भाँडामा हात डुबाएपछि उनी चकित भए ।

त्यही भाँडाभित्र २ सय २ ग्राम हेरोइन डुबाएर राखिएको पो रहेछ । ‘निराश भएर फर्किन लाग्दा दूधको भाँडामा पो छ कि भनेर टेस्ट गरेको थिएँ’, निरौलाले भने, ‘हामीले खोजेको वस्तु त त्यहीँ पो रहेछ ।’ जिल्ला प्रहरी, इलाका प्रहरी बिर्तामोड र लागूऔषध नियन्त्रण ब्युरो काँकडभिट्टाको संयुक्त टोलीले शनिबार ठूलो परिमाणमा लागूपदार्थ खैरो हेरोइनसहित चार जना कारोबारीलाई नियन्त्रणमा लिएको छ । २ सय ३३ ग्राम खैरो हेरोइनसहित चार जनालाई पक्राउ गरेको छ ।

यो परिमाण अहिलेसम्मको धेरै भएको प्रहरीले बतायो । ‘यति धेरै परिमाणको लागूऔषध यसअघि बरामद गरिएको थिएन,’ झापाका प्रहरी उपरीक्षक भीम ढकालले आइतबार पत्रकार सम्मेलनमा भने, ‘यो अपरेसनलाई झापा प्रहरीले ठूलो सफलताका रूपमा लिएको छ ।’ बरामद सामानको बजार मूल्य करिब १५ लाख रुपैयाँ हो ।

प्रहरीका अनुसार लागूऔषध नियन्त्रण ब्युरो कोटेश्वरबाट प्राप्त गोप्य सूचनाअनुसार पाँचथरको फाल्गुनन्द १ घर भई हाल दमक ६ मा बस्ने संग्रामसिंह आङदम्बे, ताप्लेजुङ थुम्बेदिन घर भई अर्जुनधारा १० डेरामा बस्ने भीमबहादुर अधिकारी, सोही स्थानकी ओममाया खतिवडा र झापा कचनकवलकी रेवतीमाया डाँगीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रहरीले सुरुमा आङदम्बेलाई ३१ ग्राम हेरोइनसहित पक्राउ गरेको थियो । उनको बयानका आधारमा भीमबहादुर, ओममाया र रेवतीमायालाई पक्राउ गरेको हो । उनीहरूको साथबाट लागूऔषध तौलने डिजिटल तराजु, मे १०प नम्बरको बुलेट मोटरसाइकल, मोबाइल थान ३ तथा १३ हजार रुपैयाँसमेत बरामद भएको छ । प्रहरी उपरीक्षक ढकालका अनुसार उक्त लागूऔषध भारतबाट ल्याएर बिक्रीका लागि स्टक राखिएको प्रारम्भिक अनुसन्धानले देखाएको छ । यो समाचार कान्तिपुर दैनिकबाट लिइएको हो ।