१३ भाद्र २०८३, शनिबार
,
Latest
बाढी प्रभावित क्षेत्रमा खोजी र शव व्यवस्थापन चुनौतीपूर्णः ‘रेफ्रिजरेटर कन्टेनर’ र विशेष उपकरण अभावः नेपाल… बाढी–पहिरोपछि शव व्यवस्थापन र महामारी नियन्त्रणमा सरकार केन्द्रित, नयाँ निर्देशिका स्वीकृत रसुवा घटना ‘विनाशको लीला’ हो, दुःखद् छः माधव नेपाल कम्युनिस्ट पार्टीले सत्ताभन्दा जनजीविका र वैचारिक संघर्षलाई प्राथमिकता दिनुपर्छः नेता यादव परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङ बीच टेलिफोन वार्ता भोटेकोशी बाढीपीडितको उद्धार तथा राहतमा जुट्न एएनओको अपिल बैधानिक कार्यसमितिले गराउने अधिवेशन तथा महाधिवेशनको तयारीमा जुट्न शशांकको अपील नौ जलविद्युत् आयोजनाबाट ५३७ जना सम्पर्कविहीन गोरखामा भेटिएका २९ शवको अन्त्येष्टि गरियो रसुवा बाढीः मृतक ६ सय ६९ जनामध्ये १ सय ४८ महिला, २ सय ६८ पुरुष,…
तपाईं के खोज्दै हुनुहुन्छ ?

गाडीले किचेर वृद्धको मृत्यु



अ+ अ-

मङ्गलबारे । इलामको फाकफोकथुम गाउँपालिका–१ लुङसुङदाङमा आज बिहान गाडीले किचेर एक जना वृद्धको मृत्यु भएको छ ।

लुङसुङदाङबाट इलाम जाने क्रममा गाडीले किचेर फाकफोकथुम गाउँपालिका–१ का ७२ वर्षीय सोमप्रसाद दाहालको घटनास्थलमै मृत्यु भएको प्रहरी नायब निरीक्षक भूपेन्द्र ढुङ्गानाले बताउनुभयो ।

सडकमा रोकेर यात्रुलाई गाडीभित्र हाल्ने क्रममा अचानक गाडीको ब्रेक फेल भएर पछि सर्दा गाडीले किचेको हो । गाडी पल्टिए पनि गाडीमा सवार कोही पनि घाइते नभएको प्रहरीले जनाएको छ । चालक सन्देश पौडेललाई प्रहरीले नियन्त्रणमा लिएको छ । रासस




भर्खरै