३ पुष २०८२, बिहीबार
,
Latest
जेन–जी युवा पुस्ताको आन्दोलनले मुलुकलाई नयाँ दिशा दियोः उपराष्ट्रपति यादव एमाले पदाधिकारीको ताजा अपडेटः कसले कति मत पाए ? (सूचीसहित) एमाले महाधिवेशन: अध्यक्षमा ओलीको दोब्बरभन्दा बढीको अग्रता जेन–जी आन्दोलनपछिको तीन महिनामा सरकारले पुनरुत्थान र पुनःनिर्माणको बाटोमा आशा जगायोः मन्त्री खनाल शेखर कोइराला संसद पुनर्स्थापनाको पक्षमा खुले, गगन थापा किन मौन ? मन्त्री महावीरको अनुभब: कछुवा गतिको प्रशासन संयन्त्रबाट काम हुन निकै कठिन धान्द्रुके बाजेलाई त्रियासी वर्षमा नागरिकता एमाले महाधिवेशनमा ३६ जनाले मतदान गरेनन् एमालेको मतदान सकियो ,मतपरिणाम आजै सार्वजनिक हुने अवकाशपछिको जाँगरः मौरीपालनबाट मनग्य आम्दानी गर्दै घनश्याम
तपाईं के खोज्दै हुनुहुन्छ ?

नरैनापुरमा साक्षरता अभियान शुरु



अ+ अ-


नेपालगञ्ज । बाँकेको नरैनापुर गाउँपालिकामा शुरु भएको साक्षरता अभियानका लागि आवश्यक पर्ने शैक्षिक सामग्री सहजकर्तालाई हस्तान्तरण गरिएको छ ।

चैत महीनाभित्र तीन हजार निरक्षरलाई साक्षर बनाउने लक्ष्यअनुसार गाउँपालिकाका छवटै वडामा खटिने १०० सहजकर्तालाई रु १४ लाख मूल्य बराबरका शैक्षिक सामग्री हस्तान्तरण गरिएको हो ।

आइतबार गाउँपालिकामा आयोजित कार्यक्रममा अध्यक्ष इस्तियाकअहमद शाहले सहजकर्तालाई शैक्षिक सामग्री हस्तान्तरण गर्नुभएको हो । सामग्री हस्तान्तरण कार्यक्रममा अध्यक्ष शाहले गाउँपालिकालाई औँठाछापबाट मुक्त बनाउन साक्षरता अभियान शुरु गरिएको बताउनुभयो । नरैनापुरमा १२ हजार नागरिक निरक्षर रहेको गाउँपालिकाको शिक्षा शाखाको तथ्याङ्कमा उल्लेख छ ।