३ पुष २०८२, बिहीबार
,
Latest
जेन–जी युवा पुस्ताको आन्दोलनले मुलुकलाई नयाँ दिशा दियोः उपराष्ट्रपति यादव एमाले पदाधिकारीको ताजा अपडेटः कसले कति मत पाए ? (सूचीसहित) एमाले महाधिवेशन: अध्यक्षमा ओलीको दोब्बरभन्दा बढीको अग्रता जेन–जी आन्दोलनपछिको तीन महिनामा सरकारले पुनरुत्थान र पुनःनिर्माणको बाटोमा आशा जगायोः मन्त्री खनाल शेखर कोइराला संसद पुनर्स्थापनाको पक्षमा खुले, गगन थापा किन मौन ? मन्त्री महावीरको अनुभब: कछुवा गतिको प्रशासन संयन्त्रबाट काम हुन निकै कठिन धान्द्रुके बाजेलाई त्रियासी वर्षमा नागरिकता एमाले महाधिवेशनमा ३६ जनाले मतदान गरेनन् एमालेको मतदान सकियो ,मतपरिणाम आजै सार्वजनिक हुने अवकाशपछिको जाँगरः मौरीपालनबाट मनग्य आम्दानी गर्दै घनश्याम
तपाईं के खोज्दै हुनुहुन्छ ?

पोग्बाको २ गोलको मदतले, युनाइटेडको विजय यात्रा कायमै



अ+ अ-

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर युनाइटेडले बोर्नेमाउथलाई पराजित गरेको छ ।

आइतबार राति घरेलु मैदानमा भएको खेलमा युनाइटेडले बोर्नेमाउथलाई ४–१ गोलअन्तरले पराजित गरेको हो । युनाइटेडको जितमा पाउल पोग्बाले दुई गोल गरे । त्यस्तै, मार्कुस राष्फोर्ड र रोमेलु लुकाकुले समान एक–एक गोल गरे । यता, बोर्नेमाउथका लागि नाथन एकेले गोल फर्काएका थिए ।

खेलको पाचौ मिनेटमा नै पोग्बाले गोल गर्दै म्यान्चेस्टर युनाइटेडलाई अग्रता दिलाएका थिए । त्यस्तै, पोग्बाले नै खेलको ३३औं मिनेटमा गोल गर्दै म्यान्चेस्टर युनाइटेडलाई दोब्बर अग्रता दिलाएका थिए ।

खेलको ४५औं मिनेटमा राष्फोर्डले गोल गर्दै युनाइटेडलाई तेब्बर अग्रता दिलाएका थिए । तर पहिलो हाफको अतिरिक्त समयमा बोर्नेमाउथका एकेले गोल गर्दै पहिलो हाफसम्म ३–१ स्थितिमा पु¥याए । खेलको ७२औं मिनेटमा लुकाकुले गोल गर्दै म्यान्चेस्टर युनाइटेडलाई ४–१ गोलको जित दिलाएका हुन् ।

जितपछि लिगको छैटौ स्थानमा रहेको युनाइटेडको २० खेलबाट ३५ अंक रहेको छ । पराजित बोर्नेमाउथको भने २० खेलबाट २६ अंक रहेको छ ।

त्यस्तै, आइतबार राति नै भएको अर्को खेलमा बर्नेलीले वेष्टह्यामलाई २–० गोलअन्तरले पराजित गरेको छ ।