३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

लुनिभाले जित्यो धिमेबाजाको उपाधि



अ+ अ-

भक्तपुर ।  भक्तपुर जिल्लाव्यापी दोस्रो धिमे बाजा प्रतियोगिता, २०७५ को उपाधि सूर्यविनायक नगरपालिका– १ सिरुटारस्थित लुनिभाः धिमे खलःले हात पारेको छ । सरस्वती कला केन्द्रले सूर्यविनायक नगरपालिकाको चित्रपुरमा आयोजना गरेको प्रतियोगितामा सहभागी ११ समूहलाई पछाडि पारेर खलःले १५ हजार नगर पुरस्कारसहित उपाधि हात पारेको हो ।

प्रतियोगितामा मध्यपुर थिमिको सिवाः साय्मि खलः ‘क’ समूह दोस्रो, भक्तपुर नासमनाको न्हूजः धिमे खलः तेस्रो र सिवाः साय्मि खलःकै मचा पुचः समूह ‘ख’ चौथो भएका छन् । कार्यक्रममा नगर प्रमुख वासुदेव थापाले विजयी समूहलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गर्दै नगरको मौलिक कला र संस्कृति संरक्षणमा स्थानीय तहले आवश्यक सहयोग गर्ने बताउनुभयो । त्यस अवसरमा दधिकोट पकाण्डोलका वाद्यगुरु कृष्णबहादुर मानन्धरलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

मेलमिलाप दिवसका अवसरमा फलफूल वितरण

बयालिसौँ राष्ट्रिय मेलमिलाप दिवसका अवसरमा आज भक्तपुर अस्पतालमा नेपाली काङ्ग्रेस भक्तपुर नगर समितिले फलफूल वितरण गरेको छ । समितिले दिवसका अवसरमा आयोजना गरेको फलफूल वितरण कार्यक्रममा अस्पतालका ६८ जना बिरामीलाई फलफूल र हर्लिक्स वितरण गरेको छ ।

मध्यपुरथिमि नगरपालिकाका उपप्रमुख अञ्जनादेवी मधिकर्मी, नेपाली काङ्ग्रेस भक्तपुर नगर समितिका सभापति राम कासुलासहितको टोलीले फलफूल वितरण गर्दै देशलाई मेलमिलापको नीतिअनुसार अगाडि लैजानुपर्नेमा जोड दिनुभयो ।
रासस