२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

डा. केसीको दवाबले संसदमा लगिएको विद्येयक कुनैपनि हालतमा पास गर्न हुदैन: थापा



अ+ अ-


काठमाडौं। सामाजिक अभियन्ता एवम् विद्यार्थी विजय थापाले संसदमा पेश गरिएको चिकित्सा शिक्षा विद्येयकलाइ पास हुन नदिने चेतावनी दिएका छन् ।

सोमबार रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गरेर थापाले आफूले ५३ दिनसम्म भोक हड्तालमा बस्दा समेत सरकारले वास्ता नगरेको तर फुटकर रुपमा अनसन बसेर सरकार थर्काउने केसीलाइ भने उच्च प्राथमिकताको साथ हेरेको भन्दै
आपत्ति ब्यक्त गरेका छन् ।

उनले डाक्टर केसीको दवाबले संसदमा लगिएको बिधेक कुनैपनि हालतमा पास गर्न नहुने र बिधेकलाइ तत्काल खारेज गर्न सरकारसँग माग गरेका छन्।

थापाले भने ‘श्रीमतीले छोडेर सडकमा आएका डा.गोविन्द केसीले भनेको आधारमा सरकारले कानून बनाउनु हुँदैन, यदि केसी फेरि अनसन बसेको खण्डमा म पनि उनी बिरुद्ध अनसनमा बस्न तयार छु, कसैले पनि डा.केसीलाई हतियार बनाएर राजनीति गर्न पाइँदैन, स्वास्थ्य क्षेत्रलाई प्रभावित पार्न खोजे दुर्घटना हुन्छ, कोही केसीलाई हतियार बनाएर देशलाई तहसनहस बनाउँन खोज्छन् भने हामी त्यसको बिरुद्धमा उभिनेछौं।’

थापाले डाक्टर केसीलाई कांग्रेस नेता गगन थापा र विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले बारम्बार उचालेको आरोप लगाएका छन् । उनले केसी राजनिति हतियार भएका कारणले गर्दा केसीको माग सुनुवाइ हुन नहुने बताएका छन् ।

त्यस्तै उनले केसीको पक्षमा वकालत गर्दै आएका गगन थापा र रवीन्द्र मिश्रलाई उनको साथ छाडेर राजनितिको बाटोमा हिड्न सुझाव दिएका छन् ।