३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारले अति गर्यो, प्रतिकारमा उत्रौँ – सहमहामन्त्री डा.महत



अ+ अ-

 

सुनसरी । नेपाली काँग्रेसका सहमहामन्त्री डा.प्रकाशशरण महतले वर्तमान सरकारले भ्रष्टाचार र प्रेसमा हमलादेखि लिएर धेरैतिर अति गरिरहेको भन्दै काँग्रेसका कार्यकर्ताहरुलाई प्रतिकारमा उत्रिन आह्वान गरेका छन् ।

राष्टिय मेलमिलाप दिवसका अवसरमा मोरमा आयोजित कार्यक्रमलाई आज सम्बोधन गर्दै उनले सरकारले जहाज खरिददेखि राष्ट्रिय महत्वका आयोजनाहरु विदेशीलाई ठेक्का दिने काममा व्यापक भ्रष्टाचार गरेको र यस्ता अनियमितताहरु दिनहूँ मिडियामा आउन थालेपछि प्रेसमाथि नै हमला गरेर तर्साइरहेको बताए ।

उनले भने– सरकारका यी ज्यादतिहरु अति भइसकेका छन्, उसको अधिनायकवादी चरित्र सबै नेपाली जनताले देखिसकेका छन् अब हामीले स्थानीय, प्रदेश र केन्द्रीय तहमा आआफ्नो ठाउँबाट प्रतिकारमा उत्रिनुपर्ने बेला आएको छ, म नेपाली काँग्रेसका सबै कार्यकर्ताहरुलाई आआफ्नो ठाउँबाट सशक्त रुपमा लाग्न आग्रह गर्दछु ।

वाइडबडी खरिदमा सरकारको अनियमितता सबैले दिनहूँका मिडियामा छर्लंगै ऐनाजस्तै देखेका छन्, सरकार जतिधेरै खरिदगर्यो त्यति नै कमिसनको मान्यतामा गएको देखिन्छ, १४ मेगावाटको विजुली उत्पादन गर्न नसक्ने विदेशी कम्पनीलाई बुडीगण्डकी सुम्पिएको छ, अरु पनि कैयौँ भ्रष्टाचारका कुराहरु दिनदिनै मिडियामा छताछुल्ल देखिन्छ भन्दै सहमहामन्त्री डा महतले अगाडि भने– अब यी सबै ज्यादतिहरुलाई नेपाली काँग्रेसले सडक र सदनबाट सशक्त प्रतिकार गर्छ, त्यसका लागि काँग्रेस एक भएर लाग्छ ।

डा.महतले काँग्रेसको हालै सम्पन्न महासमिति बैठकपछि देशव्यापी रुपमा काँग्रेसभित्र सकारात्मक सन्देश गएकोले अब यो अवसरलाई उर्जामा बदल्दै काँग्रेसले देशव्यापी रुपमा प्रशिक्षण र सदस्यता विस्तारको कार्यक्रमलाई अघि बढाउने बताए ।

उनले अब काँग्रेसले देशव्यापी रुपमा गर्ने प्रशिक्षण कार्यक्रम पहिलेको जस्तो होइन सिर्जनात्मक र सशक्त हुने भन्दै प्रशिक्षणका लागि प्रयोग गरिने आर्थिक, राजनीतिक लगायतका पाठ्क्रकमहरु काँग्रेसको हालैको महासमिति बैठकले पारित गरेका विषयहरुबाट मात्र तयार गरिने तयारी काँग्रेसले गरेको पनि उनले बताए ।

नेपाली काँग्रेसको आर्थिक नीतिको सफलताका कारण विसं २०४८ पछि देशमा विकास निर्माणको आधारशिला बनेको र राजस्व संकलनको दायरा बढेको उनले बताउ ।

डा.महतले भने– त्यस समयमा देशको राजस्वको दायरा १२ अर्बको मात्र थियो तर अहिले ९५० अर्ब पुगेको छ, नेपाली काँग्रेसको सरकारले नेपालमा त्यस्तो द्धन्द्धको समयमा पनि आर्थिक विकासको कैयन् संरचना निर्माण गरेको स्मरण गरे ।

यो सरकारले काम गर्न नसक्ने र जनता झुक्याउनलाई ठूला ठूला गफमात्र गर्ने गरेको भन्दै उनले भने– हामीलाई त यिनीहरुको गफमात्र गर्ने चरित्र पहिल्यै थाहा थियो तर त्यो वास्तविकता अहिले आएर सबै नेपाली नागरिकले पनि जान्ने अवसर पाएका छन् ।

अबको नेपालको विकास नेपाली काँग्रेसबाट मात्र सम्भव रहेको र काँग्रेसकै आशामा समग्र नेपाली जनता रहेकोले यसका लागि आजैका मितिदेखि सबै जना एकजुट भएर लाग्न सबैलाई आह्वान गरे ।

विपी कोइरालाको राष्ट्रिय मेलमिलाप नीतिको कारण नेपालमा प्रजातन्त्र सम्भव भएको भन्दै डा महतले विपी कोइरालालाई नेपालका मात्र नभएर एसियाका नेताका रुपमा चित्रण गरे ।