३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

काङ्ग्रेस पुरानै तरिकाले अगाडि बढ्न सक्दैन : नेता जोशी



अ+ अ-

मौली । नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य नवीन्द्रराज जोशीले पार्टी पुरानै तरिकाबाट अगाडि बढ्न नसक्ने बताउनुभएको छ ।

राष्ट्रिय एकता तथा मेलमिलाप दिवसका अवसरमा काङ्ग्रेस तनहुँले आज आयोजना गरेको विचार गोष्ठीलाई सम्बोधन गर्ने क्रममा केन्द्रीय सदस्य जोशीले पार्टीलाई विधान अनुसार सञ्चालन गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो । काङ्ग्रेस तनहुँका सभापति एवं व्यास नगरपालिकाका प्रमुख वैकुण्ठनाथ न्यौपानेले पार्टीभित्रको बेमेल व्यवस्थापन गर्नु अहिलेको प्रमुख आवश्यकता भएको बताउनुभयो ।

पूर्वकेन्द्रीय सदस्य अमरराज कैनीले पार्टीलाई एकढिक्का बनाउने हो भने मेलमिलाप आवश्यक छ भन्नुभयो । पूर्वजिल्ला सभापति धु्रव वाग्लेले आफ्ना प्रतिबद्धता पूरा नगरेकै कारण पार्टी आज कमजोर अवस्थामा पुगेको बताउनुभयो । राष्ट्रियसभा सदस्य प्रकाश पन्थी, प्रदेशसभा सदस्य सरिता गुरुङ, काङ्ग्रेस तनहुँका कार्यवाहक सभापति जितप्रकाश आले, पूर्वजिल्ला सभापति रघुनाथ पौडेल, राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा जगदीशचन्द्र पोख्रेललगायतले पार्टीलाई एकढिक्का बनाएर लैजानुपर्नेमा जोड दिनुभयो । रासस