१३ भाद्र २०८३, शनिबार
,
Latest
बाढी प्रभावित क्षेत्रमा खोजी र शव व्यवस्थापन चुनौतीपूर्णः ‘रेफ्रिजरेटर कन्टेनर’ र विशेष उपकरण अभावः नेपाल… बाढी–पहिरोपछि शव व्यवस्थापन र महामारी नियन्त्रणमा सरकार केन्द्रित, नयाँ निर्देशिका स्वीकृत रसुवा घटना ‘विनाशको लीला’ हो, दुःखद् छः माधव नेपाल कम्युनिस्ट पार्टीले सत्ताभन्दा जनजीविका र वैचारिक संघर्षलाई प्राथमिकता दिनुपर्छः नेता यादव परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङ बीच टेलिफोन वार्ता भोटेकोशी बाढीपीडितको उद्धार तथा राहतमा जुट्न एएनओको अपिल बैधानिक कार्यसमितिले गराउने अधिवेशन तथा महाधिवेशनको तयारीमा जुट्न शशांकको अपील नौ जलविद्युत् आयोजनाबाट ५३७ जना सम्पर्कविहीन गोरखामा भेटिएका २९ शवको अन्त्येष्टि गरियो रसुवा बाढीः मृतक ६ सय ६९ जनामध्ये १ सय ४८ महिला, २ सय ६८ पुरुष,…
तपाईं के खोज्दै हुनुहुन्छ ?

कादर खानको निधनको खबर झुटो



अ+ अ-

बलिउड अभिनेता कादर खानको निधनको खबर सामाजिक सञ्जालमा फैलिएको छ । तर, उनका छोरा सर्फराजले भने खानको यतिबेला क्यानाडामा उपचार भइरहेको छ ।

पिटिआईसँग कुरा गर्दै उनले भने, ‘उनको निधनको खबर झुठो । यो हल्ला मात्र हो । बुवा अस्पतालमा हुनुहुन्छ ।’

श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई सामान्य भेन्टिलेटरबाट बिआईपीएपी भेन्टिलेटरमा सारिएको छ ।

टाइम्स अफ इन्डियाको एक रिपोर्टमा खानलाई प्रोग्रेसिभ सुप्रान्युक्लियर पाल्सी नामक रोग लागेको छ जसले गर्दा उनलाई हिँडडुल गर्न र ब्यालेन्स बनाउन अफ्ठयारो हुन्छ ।

खानको निधनको हल्लाको शिकार बलिउड अभिनेताहरु पनि बनेका छन् । अर्सद वारसीले ट्वीटरमा खानप्रति समवेदन प्रकट गरेका थिए ।

अफगानिस्तानको काबुलमा जन्मिएका खानले सन् १९७३ मा राजेश खन्ना अभिनित दागबाट बलिउडमा डेब्यु गरेका थिए । उनले बलिउडमा ३ सयभन्दा बढी चलचित्रमा काम गरिसकेका छन् ।

अभिनेतामात्र नभएर उनी सफल संवाद तथा स्क्रिनप्ले लेखक पनि थिए । उनले २५० भन्दा बढी चलचित्रमा संवाद लेखेका छन् भने प्रकाश मेहरा र मनमोहन देसाईसँग मिलेर स्क्रिनप्ले पनि तयार गरेका छन् । एजेन्सी




भर्खरै