काठमाडौं । मालपोत कार्यालय चाबहिलका कार्यालय सहयोगी राजेन्द्र बनेस्तविरुद्ध मुद्दा दायर गरिएको छ । बनेस्तविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
कार्यालय सहयोगी बस्नेतले सेवाग्राहिबाट उठाएको पाँच लाख अठसठ्ठी हजार दुई सय आठ रुपैयाँ बैंकमा दाखिलता नगरी आफैले हिनामिना गरेको अभियोग लागेको हो ।
बस्नेतले एनआईसी एसिया बैंक लिमिटेडबाट कित्ता नम्बर ४६१, ६२२ र ६२३ का जग्गा दाखिल खारेज गर्दा नियमानुसार लाग्ने दस्तुर रसिद नं २१९७४ बाट सनिश मिश्रका नाममा काटी नगद असुल गरी फाइलमा संलग्न राखेको तर राजश्व रकम राजश्व खातामा दाखिला नगरेको पाइएको छ आयोगले जनाएको छ ।