३ पुष २०८२, बिहीबार
,
Latest
नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ, सञ्चारमन्त्री खरेल रवि लामिछानेलाई थुनामुक्त गर्न आदेश प्रधानमन्त्रीलाई जेनजी प्रतिनिधिको सुझाव– घाइते र शहीद परिवारका माग पूरा गर्न नसक्ने भए तीर्थयात्रा जानु यस्तो बन्यो एमालेको टिम सरकारका क्रियाकलाप जेन–जी आन्दोलनले उठाएका मुद्दाको पक्षमा छैनन्ः जेन–जी प्रतिनिधि लेनिन बिष्ट रवि र छविको मुद्दामा बहस सकियो जेन–जी आन्दोलनका घाइते, शहीद परिवारलाई निःशुल्क वैदेशिक रोजगारीमा पठाउने व्यवस्था मिलाइँदैछः श्रममन्त्री भण्डारी पदाधिकारीमा हारेका गुरु बराल र विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित राष्ट्रिय प्रकृति संरक्षण कोषको सदस्य सचिवमा डा सुवेदी नियुक्त न्युन पारिश्रामिकमा कामदार विदेश पठाउनु हुँदैनः मन्त्री भण्डारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

भ्रमणका नाममा कम्युनिष्ट सरकारका यी मन्त्रीले सके ३८ लाख



अ+ अ-

डोटी । सुदूरपश्चिम प्रदेशका मन्त्रीहरुले विकासभन्दा पनि भ्रमण खर्चमा रकम स्वाहा पारेका छन् । चालु आर्थिक वर्षको पाँच महिनामा सेवा सुविधा बापतको ५८ लाख रकम बुझेका यहाँका मन्त्रीहरुले भ्रमणका नाममा मात्रै झन्डै ३८ लाख बजेट स्वाहा पारेका छन् ।

मन्त्रीहरुले सरकारी कामको सिलसिलामा जाँदा मात्र दैनिक भ्रमण भत्ताबापतको रकम पाउने प्रावधान भए पनि यहाँका मन्त्रीले त्यो प्रावधानलाई समेत लत्याएर कार्यकर्ता भेटघाट र व्यक्तिगत कामकाजको सिलसिलामा जाँदा समेत प्रदेशको ढुकुटीबाटै रकम लिने गरेको नाम नछाप्ने सर्तमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका एक कर्मचारीले बताए । ती कर्मचारीले भने– ‘मन्त्रीज्यूहरु आफ्ना कार्यकर्ता भेट्न जाने तर बिल सरकारी कामले गएको देखाएर बजे टस्वाहा पारे ।’

सुदूरपश्चिमका मन्त्रीहरुले प्रायःजसो हरेक महिना अनुगमन भ्रमण खर्चको नाममा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट लाखौं रकम बुझेको देखिएको छ । यो खबर आजको नेपाल समाचारपत्रमा छ ।