• १६ असार २०८१, आईतवार
  •      Sun Jun 30 2024
  •   Unicode
Logo
Latest
★   ओलीले दिए नेपाल आइडल विजेता करण परियारलाई सारंगी उपहार – फोटोफिचर ★   यथास्थितिमा देश अगाडि जान सक्दैन: ओली ★   विदेशबाट फर्किएका नेपाली नागरिक फेरि विदेश फर्कनु नपर्ने गरी काम गरिरहेका छौँ: श्रममन्त्री अर्याल ★   समस्याग्रस्त सहकारीका कागजात माग्ने छानविन विशेष समितिको निर्णय ★   ट्रफीसँगै सुते सूर्यकुमार ★   जडेजाले लिए सन्यास ★   ग्लोबल आइएमई बैंकका २३३ शाखाद्वारा वित्तीय साक्षरता कार्यक्रम आयोजना, ३५ हजार बढीको सहभागिता ★   संविधानलाई अझै समृद्ध बनाउन जरुरीः अध्यक्ष राई ★   भन्सार दरमा धेरै हेरफेर नगरिएको अर्थमन्त्रीद्वारा स्पष्ट ★   प्रतिनिधिसभाबाट भन्सार महसुल विधेयक, २०८१ पारित

आयो राष्ट्रपतिबारे सनसनीपूर्ण खुलासा, यौन सम्बन्ध राखेको स्वीकार



काठमाडौं । फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटेर्ते एक पटक फेरि विवादमा आएका छन् । उनले एउटा सनसनीपूर्ण खुलासा गरेका छन्, जसले फिलिपिन्समा भूकम्प ल्याईदिएको छ ।

उनी आफैंले आफूले एक कामदार महिलासँग यौन सम्बन्ध राखेको स्वीकार गरेका छन् । एउटा भाषणका क्रममा उनले आफू जवान रहेको बेला आफ्नै घरकी एक कामदारसँग यौन सम्बन्ध राखेको स्वीकार गरेका हुन् ।

उनी यसअघि पनि केही पटक यस्ता भाषणका कारण विवादमा आएका थिए, तर यसपटक उनी थप संकटमा परेका छन् । केही संगठनले उनको राजीनामा समेत मागेका छन् ।

फिलिपिन्स र मध्यपूर्वसहित एसियाली देशमा महिलाहरु घरेलु कामदारको रुपमा काम गर्छन् । फिलिपिन्समा मात्रै करिब १० लाख मानिसले घरेलु कामदारको रुपमा काम गर्छन् । यसैवर्षको सुरुमा एक प्रत्यक्ष कार्यक्रममा महिलालाई किस गरेपछि उनी विवादमा आएका थिए । समाचार राजधानी दैनिकमा छ ।