३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

ओली र दाहाल पाइलट रहेको नेकपाको जहाज दुर्घटनामा



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता गगन थापाले नेपाल कम्युनिस्ट पार्टीका नेताहरुसँग गणतान्त्रिक मूल्य-मान्यता नरहेको टिप्पणी गरेका छन्। ‘यो आरोप होइन, सत्य हो’, थापाले सोमबार राष्ट्रिय मेलमिलाप दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै भने।

नेता थापाले नेकपाको जहाज पनि दुर्घटना पर्ने बताए। ‘नेपाल कम्युनिस्ट पार्टीको जेट चलाउने दुइटा पाइलट हुनुहुन्छ। दुईटा पाइलटमध्ये एउटालाई संघीयता मनै पर्दैन।

अर्को पाइलटले अस्ती संसदमा उद्घोष गर्नुभयो मलाई लोकतन्त्र मन पर्दैन’, गगनले भने, ‘इन्जिन गणतन्त्रको छ, इन्जिन चल्दै चल्दैन। दुइटा पाइलट हुनुहुन्छ, एउटालाई संघीयता मन पर्दैन र अर्कोलाई लोकतन्त्र मन पर्दैन। उहाँहरुलाई यसैगरी चलाउन दिइराख्यो भने यो प्लेन दुर्घटनामा पर्छ।’ यो खबर नागरिक दैनिकमा छ।