२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

मध्य पुस : तापक्रम शून्य डिग्री, हिमशृंखला कालोपत्थर जस्तै



अ+ अ-

सिन्धुपाल्चोक। मध्य पुसको जाडो । सबेरैको तापक्रम शून्य डिग्री सेल्सियस । मेलम्ची नगर र इन्द्रावती गाउँपालिकाको दोसाँध समुद्री सतहबाट दुई हजार पाँच सय मिटर उचाइमा रहेको गुफाडाँडा । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ ।

शून्य डिग्री सेल्सियस तापक्रममा राष्ट्रिय जलवायु सम्मेलन सुरु भएको छ । तीन दिनसम्म चल्ने सम्मेलनमा जलवायु परिवर्तनको असर र न्यूनीकरणका उपायबारे दुई दर्जनभन्दा बढी विषयविज्ञले कार्यपत्र पेस गर्नेछन् ।

जलवायु परिवर्तनको असर प्रत्यक्ष अनुभूत गर्दै देशभरिका जनप्रतिनिधिले ती कार्यपत्रमा बहस गर्नेछन् । सोमबार देशभरका जनप्रतिनिधिसँगै स्थानीय बासिन्दाको पनि घुइँचो लाग्यो, गुफाडाँडामा ।

दोर्जी लाक्पा हिमशृंखलाको सन्मुखमा रहेको यो स्थानमा लामाहरूले ध्यान गर्न गुफा बसेकाले कालान्तरमा गुफाडाँडा नाम रहेको स्थानीय बासिन्दाले बताए ।

केही वर्षयता पुसमा हिउँ परेको छैन यहाँ । नजिकै रहेको दोर्जी लाक्पा हिमशृंखलामा पनि हिउँ पात्लिएको छ । जलवायु परिवर्तनको असरले हिमशृंखला पनि कालोपत्थरजस्तै देखिन्छ ।

यस्तो दृश्य हेर्दै जलवायुको असरबारे छलफल गर्न ७७ वटै जिल्ला समन्वय समितिका संयोजक र उपसंयोजक गुफाडाँडा पुगेका हुन् ।