३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

कर्मचारी समायोजन अध्यादेश अस्विकार गर्न गगन थापाले आज प्रस्ताव पेस गर्ने



अ+ अ-

काठमाडौँ । संघीय संसदको बैठकमा आज कर्मचारी समायोजन अध्यादेश अस्विकार गरियोस् भन्ने प्रस्ताव पेस हुने भएको छ ।
काँग्रेस सांसद गगनकुमार थापा र नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले अध्यादेश अस्विकार गर्न माग गर्दै छुट्टा छुट्टै प्रस्ताव पेस गर्नुहुने भएको हो ।
अध्यादेशमा एउटा सेवा समूहबाट अर्को सेवा समूहमा कर्मचारी पठाउने व्यवस्था गर्नु संविधानविपरीत रहेको भन्दै काँग्रेस सांसद थापाले गैरसंवैधानिक अध्यादेश अस्विकार गर्न माग गर्नु भएको छ ।
उहाँले अध्यादेशमा व्यवस्था भएका कतिपय प्रावधान विभेदकारी भएकाले त्यस्तो विभेदकारी कानुन पारित गर्न नमिल्ने दावी गर्नु भएको छ ।
नेपालको संविधानले कर्मचारीको सेवा समूह परिवर्तन गर्दा अनिवार्य रूपमा लोकसेवा आयोगसँग सहमति लिनुपर्ने व्यवस्था गरेको छ । संविधानको धारासँग बाझिने गरी कानुन बनाउन नपाइने भन्दै लोकसेवा आयोगले सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ भने आयोगको स्विकृती विना नै अध्यादेश ल्याइएको छ ।
दिउसो १२ बजेपछि बस्ने बैठकमा अस्विकार गर्ने प्रस्तावमा मतदान भएपछि सामान्य प्रशासन मन्त्री लालबाबु पण्डीतले अध्यादेश स्विकार गरियोस् भन्ने प्रस्ताव पेस गर्नुहुनेछ ।
आजको बैठकमा अन्य मन्त्रीहरुले पनि केही विधेयकहरु पेस गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।