१३ भाद्र २०८३, शनिबार
,
Latest
राज्यका सबै किमिसका संयन्त्रबाट प्रभावित प्रत्येक नागरिकको जीवनरक्षा नै सरकारको पहिलो प्राथमिकता चार दिनपछि रसुवाको टिमुरेमा सात वर्षीया बालिकाको जीवितै उद्धार चार दिनपछि रसुवाको टिमुरेमा सात वर्षीया बालिकाको जीवितै उद्धार बाढी प्रभावित क्षेत्रमा खोजी र शव व्यवस्थापन चुनौतीपूर्णः ‘रेफ्रिजरेटर कन्टेनर’ र विशेष उपकरण अभावः नेपाल… बाढी–पहिरोपछि शव व्यवस्थापन र महामारी नियन्त्रणमा सरकार केन्द्रित, नयाँ निर्देशिका स्वीकृत रसुवा घटना ‘विनाशको लीला’ हो, दुःखद् छः माधव नेपाल कम्युनिस्ट पार्टीले सत्ताभन्दा जनजीविका र वैचारिक संघर्षलाई प्राथमिकता दिनुपर्छः नेता यादव परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङ बीच टेलिफोन वार्ता भोटेकोशी बाढीपीडितको उद्धार तथा राहतमा जुट्न एएनओको अपिल बैधानिक कार्यसमितिले गराउने अधिवेशन तथा महाधिवेशनको तयारीमा जुट्न शशांकको अपील
तपाईं के खोज्दै हुनुहुन्छ ?

कर्मचारी समायोजन अध्यादेश अस्विकार गर्न गगन थापाले आज प्रस्ताव पेस गर्ने



अ+ अ-

काठमाडौँ । संघीय संसदको बैठकमा आज कर्मचारी समायोजन अध्यादेश अस्विकार गरियोस् भन्ने प्रस्ताव पेस हुने भएको छ ।
काँग्रेस सांसद गगनकुमार थापा र नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले अध्यादेश अस्विकार गर्न माग गर्दै छुट्टा छुट्टै प्रस्ताव पेस गर्नुहुने भएको हो ।
अध्यादेशमा एउटा सेवा समूहबाट अर्को सेवा समूहमा कर्मचारी पठाउने व्यवस्था गर्नु संविधानविपरीत रहेको भन्दै काँग्रेस सांसद थापाले गैरसंवैधानिक अध्यादेश अस्विकार गर्न माग गर्नु भएको छ ।
उहाँले अध्यादेशमा व्यवस्था भएका कतिपय प्रावधान विभेदकारी भएकाले त्यस्तो विभेदकारी कानुन पारित गर्न नमिल्ने दावी गर्नु भएको छ ।
नेपालको संविधानले कर्मचारीको सेवा समूह परिवर्तन गर्दा अनिवार्य रूपमा लोकसेवा आयोगसँग सहमति लिनुपर्ने व्यवस्था गरेको छ । संविधानको धारासँग बाझिने गरी कानुन बनाउन नपाइने भन्दै लोकसेवा आयोगले सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ भने आयोगको स्विकृती विना नै अध्यादेश ल्याइएको छ ।
दिउसो १२ बजेपछि बस्ने बैठकमा अस्विकार गर्ने प्रस्तावमा मतदान भएपछि सामान्य प्रशासन मन्त्री लालबाबु पण्डीतले अध्यादेश स्विकार गरियोस् भन्ने प्रस्ताव पेस गर्नुहुनेछ ।
आजको बैठकमा अन्य मन्त्रीहरुले पनि केही विधेयकहरु पेस गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।




भर्खरै