१३ भाद्र २०८३, शनिबार
,
Latest
नारायणी नदी किनारमा भेटिएका पहिचान नभएका शवहरूको अन्तर्राष्ट्रिय मापदण्डअनुसार जमिनमा व्यवस्थापन गर्न शुरु राज्यका सबै किमिसका संयन्त्रबाट प्रभावित प्रत्येक नागरिकको जीवनरक्षा नै सरकारको पहिलो प्राथमिकता चार दिनपछि रसुवाको टिमुरेमा सात वर्षीया बालिकाको जीवितै उद्धार बाढी प्रभावित क्षेत्रमा खोजी र शव व्यवस्थापन चुनौतीपूर्णः ‘रेफ्रिजरेटर कन्टेनर’ र विशेष उपकरण अभावः नेपाल… बाढी–पहिरोपछि शव व्यवस्थापन र महामारी नियन्त्रणमा सरकार केन्द्रित, नयाँ निर्देशिका स्वीकृत रसुवा घटना ‘विनाशको लीला’ हो, दुःखद् छः माधव नेपाल कम्युनिस्ट पार्टीले सत्ताभन्दा जनजीविका र वैचारिक संघर्षलाई प्राथमिकता दिनुपर्छः नेता यादव परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङ बीच टेलिफोन वार्ता भोटेकोशी बाढीपीडितको उद्धार तथा राहतमा जुट्न एएनओको अपिल बैधानिक कार्यसमितिले गराउने अधिवेशन तथा महाधिवेशनको तयारीमा जुट्न शशांकको अपील
तपाईं के खोज्दै हुनुहुन्छ ?

नयाँ वर्ष मनाइरहँदा शक्तिशाली विष्फोट, ७ को मृत्यु, दर्जनौँ सम्पर्कविहीन



अ+ अ-

रुसको एक अपार्टमेन्टमा नयाँ २०१९ को सुरुआतमै शक्तिशाली विस्फोट भएको छ । ग्रामीण पहाडी इलाकामा रहेको माग्नितोगोर्स्क शहरमा अपस्थित सो भवनमा विष्फोट हुँदा कम्तिमा ७ जनाको मृत्यु भएको छ ।

विस्फोटपछि अपार्टमेन्टको बीचको आधा भाग ध्वस्त भएको छ । त्यहाँ ४८ अपार्टमेन्ट क्षतिग्रस्त भएको जनाइएको छ । तीन दर्जनभन्दा बढी मानिस सम्पर्कविहीन छन् । उनीहरु भग्नावशेषमा फसेको आशंका गरिएको छ ।

अपार्टमेन्टमा मानिसहरु नयाँ वर्ष मनाइरहेका बेला सो विष्फोट भएको हो । अपार्टमेन्टमा १२० जना मानिस बस्दै आएको त्यहाँका अधिकारीले जनाएका छन् ।

रुसको राजधानी मस्कोबाट करिब १४ सय किमी टाढा दक्षिणपूर्वमा रहेको सो भवनको भग्नावशेषबाट ५० जनालाई जीवितै उद्धार गरिएको जनाइएको । त्यसमा सात जना बालबालिका समेत छन् । घटना परी घाइतेहरु भएकाहरुलाई अस्पताल भर्ना गरिएको छ ।

भग्नावशेषमा थप मानिस पुरिएको हुन सक्ने र उद्धारमा ढिलाइ भएमा मानवीय क्षति बढ्न सक्ने बताइएको छ । घटनापछि सो स्थलमा आधुनिक उपकरणसहित आपतकालीन उद्धारकर्मी र सुरक्षाकर्मी परिचालन गरिएको छ । त्यहाँको तापक्रम माइनस १७ डिग्री सेल्सियससम्म रहेकोले फसेकाहरुको चाँडो उद्धार प्रयास जारी छ ।

घटना लगत्तै रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले घटनास्थलको निरीक्षण गर्दै दुस्ख व्यक्त गरेका छन् । उनले उद्धार र राहत कार्यमा हरप्रकारले सहयोग गर्ने वाचा समेत जनाएका छन् । सो विस्फोट ग्यास लिक भएर फड्किँदा भएको जनाइएको छ । घटनाबारे विस्तृत विवरण आउन बाँकी छ । एजेन्सी




भर्खरै