१३ भाद्र २०८३, शनिबार
,
Latest
राज्यका सबै किमिसका संयन्त्रबाट प्रभावित प्रत्येक नागरिकको जीवनरक्षा नै सरकारको पहिलो प्राथमिकता चार दिनपछि रसुवाको टिमुरेमा सात वर्षीया बालिकाको जीवितै उद्धार चार दिनपछि रसुवाको टिमुरेमा सात वर्षीया बालिकाको जीवितै उद्धार बाढी प्रभावित क्षेत्रमा खोजी र शव व्यवस्थापन चुनौतीपूर्णः ‘रेफ्रिजरेटर कन्टेनर’ र विशेष उपकरण अभावः नेपाल… बाढी–पहिरोपछि शव व्यवस्थापन र महामारी नियन्त्रणमा सरकार केन्द्रित, नयाँ निर्देशिका स्वीकृत रसुवा घटना ‘विनाशको लीला’ हो, दुःखद् छः माधव नेपाल कम्युनिस्ट पार्टीले सत्ताभन्दा जनजीविका र वैचारिक संघर्षलाई प्राथमिकता दिनुपर्छः नेता यादव परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङ बीच टेलिफोन वार्ता भोटेकोशी बाढीपीडितको उद्धार तथा राहतमा जुट्न एएनओको अपिल बैधानिक कार्यसमितिले गराउने अधिवेशन तथा महाधिवेशनको तयारीमा जुट्न शशांकको अपील
तपाईं के खोज्दै हुनुहुन्छ ?

बमजनलाई कारवाही नगर्न प्रचण्डसँग हारगुहार (ज्ञापन पत्र सहित)



अ+ अ-

काठमाडौँ । तपस्वीको भेषमा आश्रम चलाएर मानब बेचबिखन, बलात्कार र मानिस बेपत्ता बनाउने रामबहादुर बमजन बिरुद्द दैनिक रुपमा समाचार प्रकाशन हुन थालेपछि उनि निकट संगठनले बचाउन हारगुहार गर्न थालेका छन् । बमजन निकट संगठनले उनीमाथि कारबाही नगर्न राजनीतिक नेतृत्वलाई हारगुहार गरेको हो ।

बमजनको बोधी श्रवण धर्म संघले पुस १३ गते नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष एंव पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटी ज्ञापन पत्र बुझाएको छ। पत्रमा धार्मिक सहिष्णुता माथि हस्तेक्षप भएको भन्दै धर्म गुरुमाथि नकारात्मक समाचार सम्प्रेसन भएको र बमजम सो कार्यमा नलागेकाले बचाउन आग्रह गरेका गरेका थिए ।

दाहाललाई भेट्नुअघि संघका मानिसहरूले गृहमन्त्री रामबहादुर थापालाई पनि भेटेका ज्ञापन पत्र दिएका थिए। दाहाललाई बुझाइएको ज्ञापन पत्रमा सेतोपाटी डिजिटल,कान्तिपुर र अन्य पत्रिकालगायत अरु साना ठुला अनलाइनले बमजनबारे समाचार सामग्री प्रकाशन र प्रसारण गर्ने सञ्चारमाध्यमलाई धार्मिक सहिष्णुतामा खलल पुर्‍याउन लागेको गम्भिर आरोप लगाइएको छ।

बिल्कुलै योजनावद्ध ढंगले धार्मिक सहिष्णुतालाई खलल गराउने कुत्सित मनसाय राखी देश र जनतालाई नै बर्बादीको दिशातर्फ घचेट्ने धृष्टतासहित सेतोपाटी अनलाइन न्युज, कान्तिपुर दैनिकको विशेष अगुवाइमा पछिल्लो समय केही अन्य सञ्चार माध्यम पनि तानिएर महासम्वोधी धर्म संघ गुरूज्यूलाई मानिस बेपत्ता पारेको संगीन आरोप लगाई योजनावद्ध ढंगले गतिविधि विकसित भइरहेका छन्,’ दाहाललाई बुझाइएको पत्रमा भनिएको छ, ‘अध्यक्षज्यूमार्फत् नेपाली दिदीबहिनी, दाजुभाइ र विश्व समुदायसँग यो अन्यायपूर्ण कायर गतिविधिको विरोध गर्दै साम्प्रदायक दंगा फसाद भड्काउनेतर्फ उन्मुख गतिविधिलाई रोक्नतर्फ कदम चाल्न नेपाल सरकारको ध्यानाकृष्ट गराइदिनुहुन यो मैत्रीय ज्ञापन पत्र प्रस्तुत गर्दछौं।’

तीन आनी बेपत्ता र एक अनुयायीको हत्या लगायत बमजन आश्रममा हुने यौन शोषण, हत्या र हिंसाबारे अनलाइन मिडियाहरुले खोज गरि समाचार सम्प्रेसन गरेका थिए ।

यस्तो छ ज्ञापन पत्र

 




भर्खरै