१४ भाद्र २०८३, आईतवार
,
Latest
भोटेकोशी बाढीः जलविद्युत् आयोजनाका सुरुङ क्षेत्रमा खोज तथा उद्धार जारी भारतको सुरुङ उद्धार टोलीद्वारा चिलिमे र लाङटाङ क्षेत्रमा खोज कार्य सञ्चालन यसरी भइरहेको छ जलविद्युत्को सुरुङमा फसेकाहरुको उद्धार सुदूरपश्चिमेली समाज इजरायलद्वारा कोषमा छ लाख सहयोग बाढी प्रभावित क्षेत्रमा टेलिकमका अधिकांश टावर सञ्चालनमा भोटेकोशी बाढीपीडितलाई कांग्रेस बागमतीको पाँच लाख ५५ हजार सहयोग रसुवा र नुवाकोटका २६ स्थानमा राहत वितरण तथा आश्रयस्थल भोटेकोशी बाढीः आजसम्म २८९ पर्यटकको उद्धार प्रधानमन्त्री दैवी प्रकोप कोषमा पाँच अर्ब २४ करोड सङ्कलन सरकार हरेक प्रभावित नागरिकको अभिभावक बनेर उभिन्छः प्रधानमन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

कट्रिनाले छाडेपछि बरुणसँग मस्त श्रद्धा



अ+ अ-

नायिका कट्रिना कैफले डान्सको कथामा निर्माण हुन लागेको चलचित्रमा काम नगर्ने खबर बाहिरिसकेको छ । चलचित्र ‘भारत’को सेड्यूलसँग जुधेपछि उनले यो चलचित्रमा काम गर्न नसकेकी हुन् । रेमो डिसोजाको निर्देशनमा तयार हुन लागेको यो चलचित्रमा नायक बरुण धवन पक्का भैसकेका छन् । नायिका कैफले काम नगर्ने भएपछि अब यो चलचित्रमा कुन नायिका होलिन् भन्ने अड्कलबाजी सुरु भएको थियो ।

अब यो चलचित्रमा नायिका श्रद्धा कपूर फाइनल भएकी छिन् । ‘एबीसीडी २’मा काम गरिसकेकी श्रद्धा यस चलचित्रमा पनि दोहरिने भएकी हुन् । हालै श्रद्धाले साउथको चलचित्र ‘साहो’को छायांकन सकाएकी छिन् । चलचित्रको छायांकन जनवरी २२ बाट सुरु हुने बताइएको छ ।