३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रदेश नं ३ मा १३ शीत भण्डार बन्दै



अ+ अ-

हेटौँडा ।  प्रदेश नं ३ सरकारले प्रदेशका १० जिल्लामा तरकारी तथा फलफूलको सुरक्षित भण्डारण गर्ने गरी शीतभण्डार सञ्चालन गर्ने भएको छ । शीतभण्डार निर्माणका लागि प्रस्ताव समेत आह्वान भएपछि शीतभण्डार बन्ने पक्का भएको हो ।

भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका अनुसार उपत्यकाबाहेक मकवानपुर, धादिङ, सिन्धुली, रामेछाप, दोलखा, रसुवा, नुवाकोट, सिन्धुपाल्चोक, चितवन र काभ्रेमा गरी प्रदेशका १० जिल्लामा १३ वटा शीतभण्डार सञ्चालन गरिने छ । एउटा शीतभण्डार निर्माणमा रु चार करोड लगानी लाग्ने र त्यसमध्ये स्थानीय तह, सहकारी एवं निजी क्षेत्र तथा स्वयं किसानलाई समेत केही प्रतिशत लगानी गर्न प्रेरित गरिने भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामाले बताउनुभयो ।

लामो समयदेखि किसानले शीत भण्डारको स्थापनाको माग राख्दै आएका थिए । शीतभण्डारको अभावमा किसानको लाखांै मूल्यको तरकारी तथा फलफूल कुहिने गरेको थियो । अब किसानको उत्पादनले बजार नपाउञ्जेल तथा उचित मूल्य नआउञ्जेल तरकारी तथा फलफूल शीतभण्डारमा राख्न मिल्ने भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामाले बताउनुभयो । “तरकारी किसानकै, फलफूल किसानकै, लगानी किसानकै, मुनाफा किसानकै” मन्त्री लामाले भन्नुभयो ।
रासस