१३ भाद्र २०८३, शनिबार
,
Latest
सरकारले स्रोतको कुनै कमी हुन दिँदैनः अर्थमन्त्री वाग्ले भोटेकोशी बाढीः पन्ध्र देशका १८७ पर्यटकको उद्धार कृषि तथा वन विज्ञान विश्वविद्यालयले विपद् उद्धार कोषमा रकम जम्मा गर्ने भोटेकोशी बाढी : पीडितका लागि तिलगङ्गा आँखा प्रतिष्ठानद्वारा एक करोड एक लाख सहयोग तनहुँमा ड्रोनको सहयोगमा शव खोजिँदै, आज चार शव फेला परराष्ट्रमन्त्री खनाल र भेनेजुएलाका विदेशमन्त्री प्लासेन्सियाबीच टेलिफोन वार्ता स्वास्थ्यकर्मीसहित १० जना सम्पर्कविहीन नारायणी नदी किनारमा भेटिएका पहिचान नभएका शवहरूको अन्तर्राष्ट्रिय मापदण्डअनुसार जमिनमा व्यवस्थापन गर्न शुरु राज्यका सबै किमिसका संयन्त्रबाट प्रभावित प्रत्येक नागरिकको जीवनरक्षा नै सरकारको पहिलो प्राथमिकता चार दिनपछि रसुवाको टिमुरेमा सात वर्षीया बालिकाको जीवितै उद्धार
तपाईं के खोज्दै हुनुहुन्छ ?

पहिरोमा परी ४१ जना बेपत्ता



अ+ अ-

जकार्ता । इन्डोनेसियाको जाभा प्रान्तको पश्चिमी भेगमा पर्ने सुका बुमी जिल्लामा आएको बाढी पहिरोमा परी ४१ जना बेपत्ता भएका छन् ।

सिनारेस्मी गाउँका ३४ वटा घर पूर्ण रुपमा पुरिएको प्रकोप व्यवस्थापन निकायका अधिकारीहरुले मंगलबार बताएका छन् ।

उद्धारकर्ताहरुले बेपत्ता भएकाहरुको खोजी कार्य जारी राखेको समाचारमा जनाइएको छ । “बाढी र पहिरो गएको क्षेत्रमा उद्धारकर्ताहरुले लगातार खोजी गरिरहेका छन्,” एक अधिकारीले भने ।

उद्धारका क्रममा पहिरो हटाउने र पुरिएकाहरुलाई खोज्ने कार्य भइरहेको उनीहरुको भनाइ छ ।

रासस