• १६ असार २०८१, आईतवार
  •      Sun Jun 30 2024
  •   Unicode
Logo
Latest
★   विश्वकप विजेता भारतीय क्रिकेट टोलीले १२५ करोड भारु पुरस्कार पाउने ★   पोल पोलमा ‘सवि’: बालेनको कटाक्ष- माया यस्तो होस्, भित्ता भित्तामा तिम्रो नाम होस् ! ★   बढ्यो पेट्रोलियम पदार्थको मूल्य ★   ओलीले दिए नेपाल आइडल विजेता करण परियारलाई सारंगी उपहार – फोटोफिचर ★   यथास्थितिमा देश अगाडि जान सक्दैन: ओली ★   विदेशबाट फर्किएका नेपाली नागरिक फेरि विदेश फर्कनु नपर्ने गरी काम गरिरहेका छौँ: श्रममन्त्री अर्याल ★   समस्याग्रस्त सहकारीका कागजात माग्ने छानविन विशेष समितिको निर्णय ★   ट्रफीसँगै सुते सूर्यकुमार ★   जडेजाले लिए सन्यास ★   ग्लोबल आइएमई बैंकका २३३ शाखाद्वारा वित्तीय साक्षरता कार्यक्रम आयोजना, ३५ हजार बढीको सहभागिता

प्रधानन्यायाधीश राणाको ठाडो निर्देशनः जोशीलाई सपथ र स्वागतमा सहभागी नगराउनू



काठमाडौं । नवनियुक्त प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराले सपथग्रहण समारोहमा दीपकराज जोशीलाई सहभागी नगराउन सर्वोच्च प्रशासनलाई निर्देशन दिएको उच्च स्रोतले जनाएको छ । संसदीय सुनुवाई विशेष समितिबाट अस्वीकृत भएका विवादस्पद न्यायाधीश जोशीलाई न्याय सम्पादनको कामबाट अलग राख्ने संकेत गरेका छन् ।

केहीबेरमा प्रधानन्यायाधीश जबराले राष्ट्रपति भवन शीतलनिवासमा पद तथा गोपनियताको सपथ लिदैछन् ।

राणाले सर्वोच्च अदालतमा हुने प्रधानन्यायाधीशको स्वागत कार्यक्रममा समेत जोशीलाई सहभागी नगराउन मुख्य रजिष्ट्रार राजन भट्टराईलाई मौखिक आदेश दिएको प्रशासन स्रोतले जनाएको छ ।

स्रोतका अनुसार आजैबाट राणाले जोशीलाई बेच्न पनि नतोक्ने भएका छन् । संसदीय सुनुवाईका क्रममा समितिका सदस्य योगेश भट्टराई लगायतले संसदबाट अस्वीकृत भएका न्यायाधीशलाई के गर्नुहुन्छ ? भन्ने प्रश्न गरेका थिए ।