२२ भाद्र २०८३, सोमबार
,
Latest
हर्मुज जलमार्गबारेओमानसँगको वार्ता अन्तिम चरणमा : इरान रूसको उत्तरी क्षेत्रमा हिमपहिरोमा परी कम्तीमा ११ जनाको मृत्यु, छ वेपत्ता त्रिशुली–बेत्रावती सडक क्षतिग्रस्त भएपछि रसुवा जोड्ने वैकल्पिक मार्ग सञ्चालनमा भोटेकोशी बाढीका मृतकको स्मृतिमा नेपाल इन्जिनियर्स एशोसिएशनद्वारा दीप प्रज्वलन सहिद परिवार भन्छन्, ‘बलिदानी खेर नजाओस्’ बाढीमा परी निधन भएकाको सम्झनामा पशुपतिनाथ क्षेत्रमा दीप प्रज्वलन रसुवा बाढीः १,३५६ जनाको मृत्यु, मनोसामाजिक परामर्शका लागि १५० बढी स्वास्थ्यकर्मी परिचालन चिनियाँ उद्यमी संघद्वारा बाढीपहिरो पीडितका लागि ४५ लाखभन्दा बढी सहयोग सरकारी कुरियर सेवाका रुपमा दुर्गममा सेवा दिएवापत नेपाल हुलाकलाई ‘एपीपीयू इनोभेसन अवार्ड’ भोटेकोशी बाढीः ३४ देशका ५८७ विदेशी पर्यटक बेपत्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

कञ्चनपुरबाट लागुऔषधसहित तीन पक्राउ



अ+ अ-

कञ्चनपुर । पुर्नवास नगरपालिका–६ मिलनबजार क्षेत्रबाट सशस्त्र प्रहरीले आज लागुऔषध नेट्राभेट–१० सहित तीन जनालाई पक्राउ परेको छ । 

से ४ प ३३००८ नंको मोटरसाइकलमा भारततर्फबाट आउँदै गरेका कैलाली उपमहानरपालिका–१ एलएनचोक बस्ने वर्ष २० का रोहित पार्की र सोही मोटरसाइकलको पछाडि बस्ने गोदावरी नगरपालिका–१० मालाखेती बस्ने वर्ष २१ का आशिष भाट, ओलानी बस्ने वर्ष २१ का नीरज बडैलालाई नेट्राभेट–१० नामक लागुऔषध ३० ट्याबलेटसहित पक्राउ गरिएको सशस्त्र प्रहरी बल शैलेश्वरीका सशस्त्र प्रहरी उपरीक्षक वीरेन्द्र ऐरले जानकारी दिनुभयो ।

उहाँका अनुसार तीनै जनाले लागुऔषधसमेत सेवन गरेको अवस्थामा रहेका थिए । लागुऔषधसहित तीनै जनाको साथबाट तीन थान मोबाइल, नगद रकम रु एक हजार ४०० समेत बरामद गरिएको छ । लागुऔषधसहित पक्राउ परेका तीनै जनालाई इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीमा बुझाइएको छ । रासस