१३ भाद्र २०८३, शनिबार
,
Latest
बाढीले क्रसर, खानी र बालुवा प्रशोधन उद्योगमा क्षति, पुनःस्थापनामा सरकारसँग सहकार्य गर्ने महासंघको प्रतिबद्धता सरकारले स्रोतको कुनै कमी हुन दिँदैनः अर्थमन्त्री वाग्ले भोटेकोशी बाढीः पन्ध्र देशका १८७ पर्यटकको उद्धार कृषि तथा वन विज्ञान विश्वविद्यालयले विपद् उद्धार कोषमा रकम जम्मा गर्ने भोटेकोशी बाढी : पीडितका लागि तिलगङ्गा आँखा प्रतिष्ठानद्वारा एक करोड एक लाख सहयोग तनहुँमा ड्रोनको सहयोगमा शव खोजिँदै, आज चार शव फेला परराष्ट्रमन्त्री खनाल र भेनेजुएलाका विदेशमन्त्री प्लासेन्सियाबीच टेलिफोन वार्ता स्वास्थ्यकर्मीसहित १० जना सम्पर्कविहीन नारायणी नदी किनारमा भेटिएका पहिचान नभएका शवहरूको अन्तर्राष्ट्रिय मापदण्डअनुसार जमिनमा व्यवस्थापन गर्न शुरु राज्यका सबै किमिसका संयन्त्रबाट प्रभावित प्रत्येक नागरिकको जीवनरक्षा नै सरकारको पहिलो प्राथमिकता
तपाईं के खोज्दै हुनुहुन्छ ?

घुससहित घरेलु प्रमुख प्रशिक्षक पक्राउ



अ+ अ-

काठमाडौं । घरेलु तथा साना उद्योग कार्यालय काठमाडौंका प्रमुख प्रशिक्षक सरिफा पन्तसहित दुईजना पाँच हजार घुससहित पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलिले टोलीले सेवाग्राहीसँग घुस रकम लिएको गोप्य सूचनाका अधारमा पन्त र अर्का खगेन्द्र बोहोरालाई पक्राउ गरेको हो ।

पन्तले सोही कार्यालयमा विचौलियाको काम गर्ने खगेन्द्रले काम गराइदिने भन्दै सेवाग्राहीबाट बारम्बार घुस लिएको अख्तियारको टोलिले जनाएको छ ।

उनीहरूले घरेलु उद्योग दर्ताको लागि घरधनीको नागरिकता प्रमाणपत्र नरहेकोले लाहाछाप लगाउने उद्योगको अनुमति दिन नमिल्ने भन्दै स्रवाग्राहीबाट घुस लिएका थिए ।