७ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

समायोजनका लागि बुधबारसम्म २६ हजारको आवेदन, अधिकांशकाे राेजाइ सङ्घ



अ+ अ-

काठमाडौँ – कर्मचारी समायोजनका लागि बुधबारसम्म २६ हजार १३० जना कर्मचारी अनलाइन प्रणालीमा नाम दर्ता गराएका छन् ।

यही पुस ११ गतेदेखि सङ्घ, प्रदेश र स्थानीय तहमा कर्मचारी समायोजन गर्न सरकारले अनलाइन फारम भर्न खुला गरेकाे थियाे । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका उपसचिव अनिता निरौलाले फाराम भरेका मध्ये १९ हजार ८६८ जना समायोजन रोज्नका लागि तयार रहेकाे जनाएकाे बताउनुभयाे ।

छ हजार २६२ जनाले समायोजनका लागि फारमसमेत भरिसकेका छन् ।

तर, भाराम भरेका मध्ये अधिकांश कर्मचारीले प्रदेश र स्थानीय निकायभन्दा केन्द्र अर्थात सङ्घ नै राेजेका छन् । सरकारका लागि कर्मचारीकाे याे राेजाइले थप समस्या सिर्जना हुने देखिएकाे छ ।

कर्मचारीका संघसंस्थाले यसअघि नै सरकारकाे निर्णय जबर्जस्ती ल्याइएकाे र त्यसले समस्याकाे समाधान निकाल्न नसक्ने बताएका छन् । उनीहरू अान्दाेलनकाे मनस्थितिमा रहेका छन् ।

यसबीच संघीय मन्त्रालयका प्रवक्ता सुरेशराज अधिकारीले विज्ञप्ति निकाली कर्मचारीलाइ सामाजिक संजालमा जथाभावी प्रतिकृया नदिन चेतावनी दिनुभएकाे छ । विज्ञप्तिमा सामाजिक संजालमा प्रतिकृया जनाउने कर्मचारीकाे विवरण मन्त्रालयले संकलन गरिरहेकाे र त्यस्ता कर्मचारीमाथि विभागीय कारबाही गरिने बताइएकाे छ ।