७ आश्विन २०८१, सोमबार
,
Latest
संसदीय समितिको टोलीद्वारा नेपाल ट्रष्टको जग्गा र शैक्षिक संस्था निरीक्षण मेडिकल व्यवसायी दुर्गा प्रसाईं वीर अस्पतालमा भर्ना मानव बेचबिखनको फेरियो शैली, बढ्यो जोखिम धनुषामा हिरासतबाट फरारमध्ये चार थुनुवा पक्राउ पोखरामा रास्वपा कार्यकर्ताहरुको विरोध प्रदर्शन काभा महिला क्लव च्याम्पियनसिपको उपाधि जितेको नेपाल पुलिस क्लबलाई भव्य स्वागत भाषा,साहित्य र संस्कृति मानव जीवनका लागि अपरिहार्य: राष्ट्रपति प्रहरी महानिरीक्षक कुँवर ग्रीस प्रस्थान परराष्ट्रमन्त्री डा राणाद्वारा विभिन्न देशका विदेशमन्त्रीसँग भेटवार्ता मिथिला क्षेत्रमा आजदेखि ‘जितिया पर्व’ शुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

१२ वर्षे किशोरीले जन्माइन् २ किलो ९ सय ग्रामकी छोरी



अ+ अ-

हेटौंडा । १२ वर्ष उमेरकी किशोरीले छोरी जन्माएकी छन् । काठमाडौं थापाथलीस्थित प्रसूतिगृहमा उनले बुधवार दिउँसो करिब सवा ३ बजे छोरी जन्माएकी हुन् ।

कम उमेर भएकाले शारीरिक अंगहरुको विकास नभएको भन्दै उनलाई शल्यक्रिया गरी शिशु जन्माइएको हो । ‘शल्यक्रिया सफल भयो, भाञ्जी जन्मेकी छिन् भन्ने जानकारी आयो,’ मकवानपुरको बिकट राक्सिराङ गाउँपालिका–३, औलेकी गंगामाया चेपाङका दाइ एकराजले भने ।

२ किलो ९ सय ग्रामको शिशु र आमाको स्वास्थ्य अबस्था सामान्य रहेको एकराजले जानकारी दिनुभयो । १२ वर्षमा गर्भवती भएको समाचार नेपाल समाचारपत्रले प्रकाशन गरेको थियो ।

समाचार प्रकाशनपछि प्रधानमन्त्री कार्यालयले जिल्ला प्रशासन कार्यालय मकवानपुरमार्फत् उनलाई काठमाडौंको थापाथलीस्थित प्रसूतिगृह लगेको थियो । एक महिना अघिदेखि गंगा र उनकी आमा काठमाडौं रहँदै आएका थिए । राक्सिराङ–३, पलाँसेस्थित सूर्योदय माविमा कक्षा–४ मा पढ्दै गर्दा मामाघर जाने क्रममा कैलाश गाउँपालिकाको भार्ताका रञ्जितसँग उनको प्रेम बसेको थियो ।

२०७४ पुस ८ गते मकवानपुरको कैलाश गाउँपालिका–७ का १८ वर्षका रञ्जितसँग उनको भागी बिहे भएको थियो । मामाघर जाँदा चिनजान भएका केटासँग ‘मन मिलेपछि’ तत्काल बिहे गर्ने सोच बनाए ।