७ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्रीले  संसदमा सम्बोधन गर्दै, वाइडबडीबारे के गर्लान् ?



अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाको चालू तेस्रो अधिवेशनलाई आज पहिलो पटक सम्बोधन गर्ने भएका छन् । उनले बिहीबार मध्यान्ह १२ बजे संसदमार्फत देशवासीलाई सम्बोधन गर्ने भएका हुन् । हुनत यो सम्बोधन प्रधानमन्त्रीले चालू अधिवेशनलाई गर्ने नियमित सम्बोधन हो, तर पनि हिजोमात्र वाइडबडी विमान खरिदबारेमा हिजोमात्र संसदीय उपसिमितिले बहालवाला मन्त्री र सचिवलाई नै कारबाहीका लागि सिफारिश गरेकोले तिनीहरुलाई प्रधानमन्त्रीले के गर्लान् भन्ने कौतूहतता सर्वत्र छाएको छ ।

त्यसैले पनि प्रधानमन्त्रीले आफ्नो सम्बोधनमा के गर्लान् भन्ने बारेमा जिज्ञासा हुनु स्वाभाविकै हो । आजका सबैजसो अखबारहरुले प्रधानमन्त्रीले बहालवाला पर्यटनमन्त्री रविन्द्र अधिकारीलाई वर्खास्त गर्छन् कि गर्दैनन् भन्ने जिज्ञासा व्यापक मात्रामा राखेका छन् । त्यसैले पनि उनले आज गर्ने सम्बोधनको व्यापक पर्खाइ रहेको छ । उक्त छानबिन उपसमितिको प्रतिवेदन र सिफारिशमा प्रधानमन्त्रीको प्रतिक्रिया के हुन्छ भन्ने बारेमा सो सम्बोधनमा आउने अपेक्षा गरिएको छ ।
संसदीय समिति सर्वेसर्वा होइन– प्रधानमन्त्री

यद्यपि प्रधानमन्त्रीले संसदको उक्त उपसमिति सर्वेसर्वा नभएको प्रतिक्रिलया यसअघि नै दिएका छन् । उनले भनेका छन्– समितिको प्रतिवेदन नै सर्वेसर्वा होइन, तर सरकारले आवश्यक छानबीन गरी कारबाही गर्छ ।

यही पुस ११ गतेबाट शुरु भएको सङ्घीय संसद्को चालू अधिवेशनमा प्रधानमन्त्री ओलीले आज मध्याह्न समसामयिक विषयमा सम्बोधन गर्ने कार्यक्रम रहेको उहाँका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए ।