१३ भाद्र २०८३, शनिबार
,
Latest
बाढीले क्रसर, खानी र बालुवा प्रशोधन उद्योगमा क्षति, पुनःस्थापनामा सरकारसँग सहकार्य गर्ने महासंघको प्रतिबद्धता सरकारले स्रोतको कुनै कमी हुन दिँदैनः अर्थमन्त्री वाग्ले भोटेकोशी बाढीः पन्ध्र देशका १८७ पर्यटकको उद्धार कृषि तथा वन विज्ञान विश्वविद्यालयले विपद् उद्धार कोषमा रकम जम्मा गर्ने भोटेकोशी बाढी : पीडितका लागि तिलगङ्गा आँखा प्रतिष्ठानद्वारा एक करोड एक लाख सहयोग तनहुँमा ड्रोनको सहयोगमा शव खोजिँदै, आज चार शव फेला परराष्ट्रमन्त्री खनाल र भेनेजुएलाका विदेशमन्त्री प्लासेन्सियाबीच टेलिफोन वार्ता स्वास्थ्यकर्मीसहित १० जना सम्पर्कविहीन नारायणी नदी किनारमा भेटिएका पहिचान नभएका शवहरूको अन्तर्राष्ट्रिय मापदण्डअनुसार जमिनमा व्यवस्थापन गर्न शुरु राज्यका सबै किमिसका संयन्त्रबाट प्रभावित प्रत्येक नागरिकको जीवनरक्षा नै सरकारको पहिलो प्राथमिकता
तपाईं के खोज्दै हुनुहुन्छ ?

आठौँ राष्ट्रिय खेलकूद सार्ने तयारी



अ+ अ-

काठमाडौँ । प्रदेश नं ५ मा हुने आठौँ राष्ट्रिय खेलकूदका लागि गठित आठौँ राष्ट्रिय खेलकूद कार्यकारी समितिको तेस्रो बैठकले जिल्लालाई छनोट तथा खेल सामग्रीका लागि निकासा गरेको रकम र जिल्ला कोटा अनुमोदन गर्ने निर्णय गरेको छ ।

राखेपका सदस्य–सचिव एवं कार्यकारी समितिका अध्यक्ष केशवकुमार विष्टको अध्यक्षतामा लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा बुधबार बसेको बैठकले प्रतियोगिताको मिति बोर्ड बैठकमा प्रस्ताव गर्ने निर्णय गरेको हो । प्रदेश नम्बर ५ मा हुने तय भएको प्रतियोगिता माघ २५ गतेबाट सञ्चालन गर्ने निर्णय गरिएको थियो । तर, भौतिक पूर्वाधार निर्माणको कारण देखाउँदै प्रतियोगिता दुई हप्ता पछाडि सार्ने तयारी गरिएको छ ।

प्रदेशबाट राष्ट्रिय खेलकूदमा सहभागी हुने खेलाडी÷प्रशिक्षक÷व्यवस्थापक÷सङ्घ प्रतिनिधिको कोटा अनुमोदन गर्ने निर्णय गर्नुका साथै प्रदेश छनोट मिति र राष्ट्रिय खेलकूदको मिति बोर्डमा प्रस्ताव गर्ने निर्णय गरेको छ । राष्ट्रिय खेलकूदका लागि गठित विभिन्न उपसमितिलाई एक साताभित्र पूर्णता दिने तथा ओलम्पिक टर्चलाई विराटनगरबाट सबै प्रदेशमा पु¥याउने गरी लुम्बिनी हुँदै नेपालगञ्जसम्म लाने निर्णय बैठकले गरेको छ ।

बैठकले प्रदेश छनोट र राष्ट्रिय खेलकूदका साथै दक्षिण एशियाली खेलकूद ९साग०सम्म खेलाडी दुर्घटना बीमा गर्ने निर्णय गरेको छ । आठौँ राष्ट्रिय खेलकूदको मुख्य मिडिया सेन्टर नेपालगञ्जमा स्थापना गर्ने, पदक र पोशाक छनोट उपसमितिबाट छनोट भएका नमूनालाई छलफल गरी अनुमोदन गर्ने तथा एनआरएन खेलाडी सहभागिताका सम्बन्धमा युवा तथा खेलकूद मन्त्रलयसँग समन्वय गरेरे टुङ्गो लउाउने निर्णय पनि बैठकले गरेको छ ।