७ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

चौधरी प्रकरण: राजनीतिक मुद्दामा थुनेर हुँदैन, समझदारीबाट अगाडि बढ्नुपर्छ



अ+ अ-

काठमाडौं । उपप्रधानमन्त्री एवं स्थास्थ्यमन्त्री उपेन्द्र यादवले सांसद रेशम चौधरीलाई जेलमुक्त गर्नुपर्ने बताएका छन् ।

राजपा,कम्युनिष्ट र आफूलगायत सबैतिरबाट पहल भएपछि मात्रै चौधरीलाइ सपथ ग्रहण गराउने सहमति भएको उपप्रधानमन्त्री यादवले बताएका छन् । उनले भने,‘यदि सरकारले र मैले बेलैमा पहल नगरेको भए चौधरीको सपथ हुदैन थियो । चारैतिरबाट चौधरीलाइ सपोर्ट आएको भएर नै यो सम्भब बनेको छ ।’

हाल जेलमा रहेका सांसद चौधरीमाथि लागेको मुद्दा राजनीतिक भएकाले उनलाई रिहा गरेर राजनीतिक समझदारीका आधारमा हल गरिनुपर्ने मन्त्री यादवले बताए । यादवले भने ‘यो राजनीतिक मुद्दा हो । राजनीतिक मुद्दामा थुनेर हुँदैन, राजनीतिक समझदारीबाट अगाडि बढ्नुपर्छ ।’

थरुहट आन्दोलनका क्रममा २०७२ भदौ ७ गते कैलालीको टिकापुरमा सेती अञ्चल प्रहरी प्रमुख एसएसपी लक्ष्मण न्यौपानेसहित ७ प्रहरी र एक नाबालकको हत्या गरेको उनीमाथि अभियोग थियो। घटनाका मुख्य आरोपी चौधरी निर्दोष भएको भन्दै उनीविरुद्ध लगाइएको मुद्दा फिर्ता लिन राजपाले माग गर्दै आएको थियो।

टीकापुर घटनामा संलग्न भएको आरोपमा चौधरीसहित २७ जनामाथि मुद्दा चलाइएको थियो। २४ जना अहिले पनि धनगढी कारागारमा छन्।