७ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

संसद बैठक सुरु, प्रधानमन्त्रीको सम्बोधन अकस्मात स्थगित 



अ+ अ-


काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज मध्यान्ह १२ बजे संसदको तल्लो सदन, प्रतिनिधिसभमा सम्बोधन गर्ने भनिएको कार्यक्रम अकस्मात स्थगित भएको छ । प्रतिनिधि सभाको बैठकमा आज गर्ने भनेको विशेष सम्बोधन एकाएक स्थगित गरेका छन् र त्यसपछि संसद बैठक सुरु भएको छ ।

आजको बैठकमा आफूले बोल्ने भन्दै सभामुख कृष्णबहादुर महरासँग प्रधानमन्त्रीले समय माग गरेकोमा एकाएक बिहान ११ बजेपछि त्यो कार्यक्रम स्थगित भएको समाचार प्रधानमन्त्री कार्यालयबाट आएको हो । आज संसदमा बोल्न तयारी नपुगेकोले र अर्को दिन बोल्ने भन्दै आज सम्बोधन नगर्ने जानकारी गराएको संसद सचिवालय स्रोतले बतायो । तर प्रधानमन्त्री कार्यालयको स्रोतले प्रधानमन्त्रीले अपरान्ह सम्बोधन गर्न पनि सक्ने बताएको छ । तर समय मागेको छैन ।