७ आश्विन २०८१, सोमबार
,
Latest
संसदीय समितिको टोलीद्वारा नेपाल ट्रष्टको जग्गा र शैक्षिक संस्था निरीक्षण मेडिकल व्यवसायी दुर्गा प्रसाईं वीर अस्पतालमा भर्ना मानव बेचबिखनको फेरियो शैली, बढ्यो जोखिम धनुषामा हिरासतबाट फरारमध्ये चार थुनुवा पक्राउ पोखरामा रास्वपा कार्यकर्ताहरुको विरोध प्रदर्शन काभा महिला क्लव च्याम्पियनसिपको उपाधि जितेको नेपाल पुलिस क्लबलाई भव्य स्वागत भाषा,साहित्य र संस्कृति मानव जीवनका लागि अपरिहार्य: राष्ट्रपति प्रहरी महानिरीक्षक कुँवर ग्रीस प्रस्थान परराष्ट्रमन्त्री डा राणाद्वारा विभिन्न देशका विदेशमन्त्रीसँग भेटवार्ता मिथिला क्षेत्रमा आजदेखि ‘जितिया पर्व’ शुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्वी नाकाबाट नेपाल आउने पर्यटक घटे



अ+ अ-


भद्रपुर । अध्यागमन कार्यालय काँकडभिट्टाले नेपालको पूर्वी नाका हुँदै नेपाल भित्रिने पर्यटक घटेको जनाएको छ । कार्यालयको तथ्याङ्कअनुसार सन् २०१७ को तुलनामा सन् २०१८ मा काँकडभिट्टा नाकाबाट नेपाल भित्रिने पर्यटक ३२२ ले घटेका हुन् तर बाहिर भने बढेका छन् ।

सोही नाकाबाट बाहिरीने पर्यटक भने १३९ ले बढेको कार्यालयले जनाएको छ । कार्यालयको तथ्याङ्कअनुसार सन् २०१७ मा पैदलमार्ग हुँदै नेपाल आउने कूल पर्यटक ११ हजार ४९७ थिए भने सन् २०१८ मा ११ हजार १७५ छन् । तेस्रो मुलुक बाहिरिने कूल पर्यटक सङ्ख्या सन् २०१७ मा १० हजार ३६६ थियो भने सन् २०१८ मा १० हजार ५०५ छ । सन् २०१७ मा सात हजार ५२८ विदेशी र तीन हजार ९६९ नेपाली नेपाल आएका कार्यालयको तथ्याङ्कले देखाएको छ ।

कार्यालयका अनुसार सन् २०१८ मा छ हजार ४१८ विदेशी र चार हजार ६५७ नेपाली भित्रिएका छन् । सन् २०१७ मा छ हजार ७४८ विदेशी र तीन हजार ६१८ नेपाली पर्यटक नाका हुँदै बाहिरिएका कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।

त्यसैगरी, सन् २०१८ मा छ हजार ४४५ विदेशी र चार हजार ६० नेपाली काँकरभिट्टा नाका हुँदै तेस्रो मुलुक गएको कार्यालयले जनाएको छ । सन् २०१७ मा सो नाका हुँदै सबैभन्दा बढी बङ्गलादेशबाट दुई हजार २५, भूटानबाट एक हजार ६१६, अमेरिकाबाट ८२२, दक्षिण कोरियाबाट ४२० र फ्रान्सबाट २१२ पर्यटक भित्रिएको कार्यालय प्रमुख पवनकुमार गुप्ताले जानकारी दिनुभयो ।

त्यस्तै, सन् २०१८ मा सबैभन्दा बढी बङ्गलादेशबाट एक हजार ९३२, अमेरिकाबाट ८५६, भूटानबाट ७६९, कोरियाबाट ३६० र थाइल्याण्डबाट ३०८ पर्यटक नेपाल आएका थिए । उहाँले अघिल्लो वर्षभन्दा गत वर्ष नेपाल घुम्न आउने बङ्गलादेशी नागरिकको सङ्ख्यामा ९३ ले कमी आएको र भूटानी नागरिक पनि यस वर्ष ८४७ ले घटेको बताउनुभयो । रासस