१३ असार २०८३, शनिबार
,
Latest
गण्डकी प्रदेश महिला टी–२० क्रिकेट सुरु, स्याङ्जाको विजयी सुरुआत अफगानिस्तानमा ६.१ म्याग्निच्युडको भूकम्प भेनेजुएला : भूकम्पको ३२ घण्टापछि नवजात शिशुको सकुशल उद्धार लेबनान, इजरायल र अमेरिकाद्वारा त्रिपक्षीय सम्झौतामा हस्ताक्षर अष्ट्रेलियाले सामाजिक सञ्जाल प्रतिबन्ध उल्लङ्घन गर्ने प्लेटफर्मलाई दोब्बर जरिवाना लगाउने भेनेजुएलाको भूकम्पमा ९२० जनाको मृत्यु, ५० हजार बेपत्ता युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित आगामी तीन दिन भारी वर्षाः कोशी र मधेसमा विशेष सतर्कता अपनाउन आग्रह प्यूठानको स्वर्गद्वारी नगरपालिकाका उपप्रमुख दुर्घटनामा मृत्यु निःशुल्क स्वास्थ्य शिविर, ३५५ जनाले लिए सेवा
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले महाधिवेशन : बन्दसत्र सुरु हुन सकेन, अध्यक्ष ओली बसेको होटलमा भीडभाड



अ+ अ-

चितवन । नेकपा एमालेको १० औँ राष्ट्रिय सम्मेलनको बन्दसत्र सुरु हुन सकेको छैन । 

शनिबार साँझ सुरु भएको बन्दसत्रले अध्यक्ष केपी ओलीलाई पदाधिकारी र केन्द्रीय समितिका सदस्यहरुको नाम प्रस्ताव  गर्ने अनुमति दिएसँगै बैठक आईतबार बिहान १० बजे सम्मका लागि स्थगित गरिएको थियो । तर पूर्वनिर्धारित समयमा बन्दसत्र सुरु हुन सकेको छैन । बन्दसत्र स्थलमा भन्दा पनि अध्यक्ष ओली बस्नु भएको होटल पार्क सफारीमा आकाक्षी र महाधिवेशन प्रतिनिधिहरुको जमघट बाक्लो रहेको छ ।

अध्यक्ष ओलीले पदाधिकारी र केन्द्रीय सदस्यका आकांक्षीहरुलाई भेट गर्नुभएको छ । कुनै पदमा पनि आकाक्षा नराख्नेहरु सौराह घुमघाममा व्यस्त रहेका छन् । एक सहभागीले भने, 'प्रतिनिधिको मत र मन जित्नु पर्ने अवस्था रहेन, अध्यक्षको मन जित्नु पर्ने भयो त्यसैले भीड यतै छ ।'

आफ्नो समूहका नेताहरु बीच सहमति नहुनु, माओबादीबाट एमालेका नै रहेका नेताहरुको व्यवस्थापन, १० बुँदे सहमति गरेर एमालेमै रहेका नेताहरुको व्यवस्थापन ओलीका लागी ठुलै चुनौति बनेको छ । जसका कारण पदाधिकारीमै सहमति हुन सकेको छैन । 

पदाधिकारी पछि केन्द्रीय सदस्यहरुको चयन प्रक्रिया पनि ओलीका लागि उत्तिकै सकस बनेको छ । यता अध्यक्षमा उम्मेदवारी दाबी गर्दै आउनु भएका नेता भीम रावलले निर्णयले पनि ओली अप्ठारोमा पर्नुभएको छ ।